ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्मार्टफोन महँगिँदा आयातको मूल्य बढ्यो, संख्या घट्यो


ABC NEWS
७ भदौ २०८३, आइतबार   ६ : १५   बजे

काठमाडौं । नेपालमा स्मार्टफोनको मूल्य बढेसँगै यसको आयातमा खर्च हुने रकम बढे पनि आयात हुने मोबाइलको संख्या भने घटेको छ। पाँच वर्षअघि २ अर्ब ५७ करोड रुपैयाँ बराबरका १ लाख ७६ हजार २४९ थान स्मार्टफोन आयात भएकोमा अहिले ३ अर्ब ८७ करोड रुपैयाँ बराबरका १ लाख ६९ हजार १८५ थान मात्रै नेपाल भित्रिएका छन्।

अमेरिकी डलरको विनिमयदरमा भएको वृद्धि तथा स्मार्टफोनमा प्रयोग हुने चिपसेटको मूल्य बढ्दा स्मार्टफोनको मूल्य ४० प्रतिशतसम्म महँगिएको व्यवसायीहरू बताउँछन्। यसको प्रत्यक्ष प्रभाव आयातमा समेत देखिएको हो।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को साउनमा २ अर्ब ५७ करोड रुपैयाँ बराबरका १ लाख ७६ हजार २४९ थान स्मार्टफोन आयात भएका थिए। पाँच वर्षपछि आर्थिक वर्ष २०८३/८४ को साउनमा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरका १ लाख ६९ हजार १८५ थान स्मार्टफोन मात्रै नेपाल भित्रिएका छन्।

अर्थात् पाँच वर्षअघि साढे २ अर्ब रुपैयाँ बराबर खर्च गरेर अहिलेको भन्दा बढी संख्यामा स्मार्टफोन आयात भएको थियो। अहिले झन्डै पौने ४ अर्ब रुपैयाँ खर्चिँदा पनि त्यसभन्दा कम संख्यामा स्मार्टफोन आयात भएको देखिन्छ।

स्मार्टफोनको मूल्य बढ्दा आयात मूल्यमा वृद्धि भए पनि त्यसको प्रत्यक्ष फाइदा भने सरकारको राजस्वमा देखिएको छ। पाँच वर्षअघि स्मार्टफोन आयातबाट मासिक करिब ४८ करोड रुपैयाँ भन्सार राजस्व संकलन हुने गरेकोमा अहिले ७२ करोड ३५ लाख रुपैयाँ संकलन भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

चीनबाट सर्वाधिक स्मार्टफोन आयात

नेपालमा चीनबाट सबैभन्दा धेरै संख्यामा स्मार्टफोन आयात हुने गरेको छ। चालु आर्थिक वर्षको साउनमा मात्रै चीनबाट २ अर्ब ६७ करोड रुपैयाँ बराबरका १ लाख ३३ हजार ८८२ थान स्मार्टफोन नेपाल भित्रिएका छन्।

त्यसपछि भारतबाट १ अर्ब रुपैयाँ बराबरका करिब ३४ हजार थान स्मार्टफोन आयात भएका छन्।

पाँच वर्षमा स्मार्टफोन आयात

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को साउनमा २ अर्ब ८६ करोड रुपैयाँ बराबरका करिब १ लाख ८० हजार थान स्मार्टफोन आयात भएका थिए। त्यसबाट सरकारले ५३ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

आर्थिक वर्ष २०८१/८२ को साउनमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरका २ लाख २५ हजार १६३ थान स्मार्टफोन नेपाल भित्रिएका थिए। सो अवधिमा सरकारले ६४ करोड ६२ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो।

यस्तै, आर्थिक वर्ष २०८२/८३ को साउनमा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरका करिब २ लाख थान स्मार्टफोन आयात भएका थिए। स्मार्टफोन आयातबाट सरकारले ६३ करोड ७९ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो।

चिपको मूल्य बढ्दा स्मार्टफोन महँगो

पछिल्लो समय स्मार्टफोनमा प्रयोग हुने उच्च गुणस्तरका सेमिकन्डक्टर चिपको माग बढेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग फ्यान, एसी, वासिङ मेसिनलगायत विभिन्न विद्युतीय उपकरणमा समेत बढ्दै जाँदा चिपको माग उच्च भएको व्यवसायीहरू बताउँछन्।

चिपको माग बढ्दा त्यसको मूल्यमा समेत वृद्धि भएको छ। आपूर्ति सहज हुन नसक्दा स्मार्टफोन उत्पादनमा समेत असर परेको र केही मोडलको आपूर्ति घटेको व्यवसायीहरूको भनाइ छ।

त्यसैगरी अमेरिकी डलरको विनिमयदरमा भइरहेको वृद्धिले पनि नेपालमा आयात हुने स्मार्टफोनको मूल्य बढाएको छ। चिपको बढ्दो माग र आपूर्ति अभावका कारण उत्पादकहरूले पर्याप्त मात्रामा स्मार्टफोन बजारमा पठाउन नसकेको व्यवसायीहरू बताउँछन्।

नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठीका अनुसार स्मार्टफोनको मूल्य बढ्दा आयातको कुल मूल्य बढेको देखिए पनि आयात हुने मोबाइलको संख्या भने निरन्तर घटिरहेको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले नीति, विचार र कार्यशैली पुनर्गठन गर्नुपर्ने : उपाध्यक्ष गुरुङ

आज राति यी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

बागमती खोलाले बगाएर ल्याएको महिलाको शव माण्डु हाइड्रोपावरको जालीमा फेला

सप्तरीमा सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या

जापानिज इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, ८० जनामा संक्रमण पुष्टि

जेनजी आन्दोलनमा लुटिएको ‘सट गन’सहित दमकबाट युवक पक्राउ

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu