काठमाडौँ । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले एल्चेलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा राफिन्हा, करिम एडेयेमी र फेर्मिन लोपेजले गोल गरे। खेलमा एन्थोनी गोर्डनले डेब्यु गर्दै दुई असिस्ट प्रदान गरे।
१४औँ मिनेटमा भिक्टर चुस्टले राफिन्हालाई पेनाल्टी क्षेत्रमा लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। राफिन्हाले त्यसलाई गोलमा परिणत गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफको इन्ज्युरी समयमा राफिन्हाको पासमा एडेयेमीले गोल गरेपछि बार्सिलोनाले अग्रता २–० बनायो।
दोस्रो हाफमा लामिन यामालको स्थानमा मैदान प्रवेश गरेका गोर्डनले डेब्युको केही समयमै प्रभाव देखाए। मैदान प्रवेश गरेको दुई मिनेटमै उनले राफिन्हालाई गोलका लागि पास मिलाए। त्यसपछि फेर्मिन लोपेजका लागि पनि गोलको अवसर सिर्जना गरिदिए।
गोर्डनले न्युक्यासलबाट बार्सिलोना आएपछि पहिलो खेलमै दुई असिस्ट गरेका हुन्। सन् २०२५–२६ को प्रिमियर लिगमा न्युक्यासलका लागि २६ खेल खेल्दा उनले दुई असिस्ट गरेका थिए भने सबै प्रतियोगितामा १७ गोल गरेका थिए।
खेलको अन्त्यतिर लोपेजले गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित सुनिश्चित गर्यो।
गएराति नै भएको अर्को खेलमा एथलेटिको मड्रिड र भिल्लारियलले २–२ को बराबरी खेले। त्यस्तै, गेटाफेले रेसिङ डि सान्टान्डरलाई १–० ले पराजित गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्