ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिभरपुल हारबाट जोगियो, न्युक्यासलसँग २–२ को बराबरी


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : ५५   बजे

काठमाडौं । इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडसँग २–२ गोलको बराबरी खेलेको छ। आइतबार सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुल अन्तिम समयको पेनाल्टी गोलमार्फत हारबाट जोगिएको हो।

खेलको पाँचौँ मिनेटमै एन्थोनी एलांगाले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा थप गोल हुन सकेन।

५५औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। त्यसको दुई मिनेटमै जो विलकले गोल गरेपछि न्युक्यासल पुनः २–१ ले अघि बढ्यो।

निर्धारित समय सकिएपछि इन्जुरी समयमा लिभरपुलले पेनाल्टी पायो। डोमोनिक स्जोबोस्जलाइले पेनाल्टीलाई गोलमा परिणत गरेपछि खेल २–२ को बराबरीमा टुंगियो।

अन्य खेलको नतिजा

आइतबार भएका अन्य खेलमा ब्राइटनले एस्टन भिल्लालाई ४–० ले पराजित गरेको छ। यस्तै, म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ गोलले हराएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले कोइरालालाई प्राथमिकता दिँदा खड्कामा असन्तुष्टि

नेकपाद्वारा मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न ह्विप जारी

सम्बन्धित

टोरेसको दुई गोलमा पीएसजीले रेनेसलाई बराबरीमा रोक्यो

बार्सिलोनाको शानदार सुरुवात, एल्चेमाथि ५–० को फराकिलो जित

१ अर्ब ६३ करोडको अन्तर्राष्ट्रिय क्रिकेट मैदान : जग्गा खोज्दाखोज्दै अलपत्र गण्डकीको सपना

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu