ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले ओली हटाउने अडानबाट पछि हट्यो


ABC NEWS
८ भदौ २०८३, सोमबार   ८ : ४५   बजे

काठमाडौं । फागुन २१ गतेको निर्वाचनमा पराजयपछि पार्टी नेतृत्व पुनर्गठनको माग गर्दै आएका नेकपा एमालेका नेताहरू अहिले नै अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने पक्षमा नरहेको बताएका छन्। पछिल्लो समय पार्टीभित्र नेतृत्व परिवर्तनभन्दा संगठन सुदृढीकरण र नीतिगत सुधारमा जोड दिने सहमति बन्दै गएको नेताहरूको भनाइ छ।

शनिबार विराटनगरमा बोल्दै एमाले महासचिव शंकर पोखरेलले तत्काल पार्टी नेतृत्व परिवर्तनको पक्षमा आफू नरहेको स्पष्ट पारे। यसअघि पोखरेलले तयार पारेको पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रारम्भिक प्रतिवेदनमा अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव समेटिएको थियो। उक्त प्रतिवेदनप्रति ओली असन्तुष्ट भएपछि पार्टीभित्र विवाद बढेको थियो।

तर भदौ ६ गते पोखरेलले नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टिप्पणी वा बाहिरी छलफलबाट नभई पार्टीको संस्थागत प्रक्रियाबाट हुनुपर्ने बताएका थिए। सचिव भानुभक्त ढकालले पनि ओलीले नेतृत्व छाड्नुपर्ने उल्लेख भएको प्रतिवेदन पुनर्लेखन गरेर मात्रै कार्यदलमा पेस गरिने बताएका छन्।

गुन्डु छलफलपछि बदलियो अडान

नेताहरूका अनुसार भदौ ४ गते साँझ ओलीनिवास गुन्डुमा भएको लामो छलफलपछि नेतृत्व परिवर्तनको विषयमा नेताहरूको धारणा बदलिएको हो। राति अबेरसम्म चलेको छलफलमा कार्यदलका सदस्यसहित सात जना नेता सहभागी थिए।

छलफलमा वरिष्ठ उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल तथा नेताहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए।

छलफलमा ओलीले पोखरेलले तयार पारेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसलाई पुनर्लेखन गर्न आग्रह गरेको बताइएको छ। ओलीले आफूलाई नेतृत्वबाट हटाउने विषय विधानसम्मत नभएको प्रश्न उठाएका थिए।

यता पोखरेलले भने प्रतिवेदनमा आफूले व्यक्तिगत धारणा नभई पार्टीका विभिन्न तहबाट प्राप्त सुझाव समेटिएको बताएका थिए।

चुनावी हारपछि नेतृत्व परिवर्तनको माग

निर्वाचनमा एमाले पराजित भएपछि अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने पक्षमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलसहित पार्टीका बहुमत पदाधिकारी उभिएका थिए। सचिवालयमा दबाब बढेपछि ओलीले चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि जेठ १० गते १५ सदस्यीय कार्यदल गठन गरेका थिए।

कार्यदलले प्रदेश तथा जिल्लास्तरमा पुगेर पार्टीका प्रदेश कमिटी, विभाग, जनसंगठन र तल्लो तहका नेताहरूबाट सुझाव संकलन गरेको थियो। विभिन्न स्थानमा गरिएको छलफलपछि चुनावी पराजयका लागि पार्टीका सबै पदाधिकारी जिम्मेवार रहेको निष्कर्ष निकालिएको थियो।

केही नेताले भने ओलीलाई मुख्य जिम्मेवार ठहर गर्दै नेतृत्व हस्तान्तरणको माग गरेका थिए। सुझाव संकलनपछि प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदल संयोजक थापा र महासचिव पोखरेललाई दिइएको थियो।

पोखरेलले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा जेनजी आन्दोलन र निर्वाचनमा पार्टीको पराजयलाई आधार बनाएर नेतृत्वबाट अलग हुन ओलीलाई सुझाव दिइएको थियो।

प्रतिवेदन पुनर्लेखनको तयारी

ओलीले प्रतिवेदनमा व्यापक संशोधन आवश्यक रहेको बताएपछि कार्यदलको बैठकसमेत बस्न सकेको छैन। सचिव ढकालले भने प्रतिवेदन परिमार्जन भएर पुनः कार्यदलमा आउने बताएका छन्।

उनका अनुसार प्रारम्भिक प्रतिवेदनमा तल्लो तहबाट प्राप्त सुझाव समेटिएकाले त्यसलाई थप छलफल र परामर्शपछि परिमार्जन गरिनेछ। त्यसपछि कार्यदल, सचिवालय र केन्द्रीय कमिटीमा छलफल गरी राजनीतिक प्रतिवेदनका रूपमा अघि बढाइनेछ।

गुन्डु छलफलले पार्टीभित्र एकताको वातावरण बनाउन सहयोग गरेको ढकालको दाबी छ। उनका अनुसार अध्यक्ष ओलीसहित छलफलमा सहभागी सबै नेताहरू अहिले पार्टीभित्रका आन्तरिक विवादभन्दा देशले भोगिरहेको जटिल परिस्थितिको सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा सहमत भएका छन्।

तत्काल नेतृत्व परिवर्तन होइन, संगठन सुधारमा जोड

पार्टीभित्र ओलीको नेतृत्व परिवर्तनको मागबाट पछि हटेका नेताहरूले तत्काल संगठन निर्माण, पद्धति सुधार र पार्टीलाई एकताबद्ध बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

ओलीलाई नेतृत्वबाट हटाउने पक्षमा रहेका एक नेताले पनि तत्कालका लागि संगठन र पद्धति सुधार गरेर अघि बढ्नु उपयुक्त हुने बताएका छन्। उनका अनुसार ओली आफैँ नेतृत्वबाट नहटे पार्टीभित्र विद्रोहको अवस्था आउन सक्ने भएकाले अहिले नै टकराव बढाउनुको सट्टा संस्थागत सुधारमा जोड दिनुपर्ने अवस्था बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UN Expert Calls for International Peacekeepers Amid Rising Settler Violence in Palestinian Territories

Syria And Israel Hold US-Mediated Talks To Ease Border Tensions

Gaza Hospitals Face Critical Oxygen Shortages Amid Ongoing Conflict

Landfill Collapse Kills Dozens in Guinea’s Capital

UK Authorizes Transfer of Missile Technology to Boost Ukraine’s Domestic Production

Nepali Congress Faces Internal Division Ahead of Convention

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu