काठमाडौं । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रेन्च लिग वानमा नयाँ सिजनको पहिलो खेलमा रेनेसलाई २–२ को बराबरीमा रोकेको छ ।
आइतबार रोजोन पार्कमा पाहुना टोलीका लागि दुवै गोल फेरान टोरेसले गरे । घरेलु टोली रेनेसका लागि सेबास्टियन स्जिमान्स्की र एस्टेबान लेपलले गोल गरे ।
खेलको नवौँ मिनेटमा स्जिमान्स्कीको गोलमार्फत रेनेसले अग्रता लिएको थियो । ३८औँ मिनेटमा लेपलले टोलीको अग्रता दोब्बर बनाए ।
रेनेसले दोस्रो हाफमा भने आफ्नो अग्रतालाई जोगाउन सकेन । टोरेसले ७१ र ८२औँ मिनेटमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाए ।
पीएसजीमा टोरेसको यो डेब्यु खेल हो । उनी यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी आएका हुन् ।
यो नितजासँगै दुवै टोलीले एक–एक अंक जोडेका छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्