ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा


ABC NEWS
८ भदौ २०८३, सोमबार   ९ : २५   बजे

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज होबर्ट हुरिक्यान्स एकेडेमीसँग प्रतिस्पर्धा गर्दै छ। खेल डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

नेपाल ‘ए’ले प्रतियोगितामा लगातार दुई खेल गुमाइसकेको छ। पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ दोस्रो खेलमा बंगलादेश हाई–परफर्मेन्स टिमसँग नौ विकेटले पराजित भएको थियो। त्यसैले आजको खेलमा टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।

यता होबर्ट हुरिक्यान्स एकेडेमी पनि प्रतियोगितामा जितविहीन छ। उसले पहिलो खेलमा भिक्टोरिया क्रिकेट संघ–११सँग पाँच विकेट तथा दोस्रो खेलमा बंगलादेश हाई–परफर्मेन्स टिमसँग तीन विकेटको हार बेहोरेको छ।

नेपाल र होबर्टबीच यसअघि पनि टप एन्ड टी–२० सिरिजमा भेट भएको थियो। गत संस्करणमा नेपालले सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारेको थियो। उक्त खेलमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले पराजित गरेको थियो। यसपटक भने नेपाल ‘ए’ सोही प्रदर्शन दोहोर्‍याउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने प्रयासमा हुनेछ।

नेपाल ‘ए’ले यसपछि अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा हाइडराबाद किङ्समेन एकेडेमी र अगस्ट २९ मा भिक्टोरिया सीए–११सँग खेल्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

टोरेसको दुई गोलमा पीएसजीले रेनेसलाई बराबरीमा रोक्यो

बार्सिलोनाको शानदार सुरुवात, एल्चेमाथि ५–० को फराकिलो जित

लिभरपुल हारबाट जोगियो, न्युक्यासलसँग २–२ को बराबरी

१ अर्ब ६३ करोडको अन्तर्राष्ट्रिय क्रिकेट मैदान : जग्गा खोज्दाखोज्दै अलपत्र गण्डकीको सपना

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu