ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०२ वटा सफल मिर्गौला प्रत्यारोपण : कानुनी जटिलता र अभाव अझै चुनौती


ABC NEWS
८ भदौ २०८३, सोमबार   ९ : २५   बजे

काठमाडौं । मिर्गौला फेल भएर डायलाइसिसको भरमा जीवन धानिरहेका बिरामीका लागि मिर्गौला प्रत्यारोपण दीर्घकालीन समाधानको महत्वपूर्ण विकल्प हो। तर, उपयुक्त अंगदाता, दक्ष जनशक्ति, आवश्यक पूर्वाधार, शल्यक्रियापछिको निरन्तर निगरानी तथा कानुनी प्रक्रियाको समन्वय प्रत्यारोपण सेवाका प्रमुख चुनौती हुन्।

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा २०२ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। केन्द्रका सूचना अधिकृत हरिहर पोख्रेलका अनुसार एक आर्थिक वर्षमा यति ठूलो संख्यामा मिर्गौला प्रत्यारोपण हुनु महत्वपूर्ण उपलब्धि हो।

केन्द्रका अनुसार आर्थिक वर्षको पहिलो ६ महिनामै १०० वटा प्रत्यारोपण सम्पन्न भएका थिए। त्यसपछि थप १०२ वटा प्रत्यारोपण गरिएसँगै वार्षिक संख्या २०२ पुगेको हो। यसअनुसार केन्द्रमा मासिक औसत करिब १७ र साप्ताहिक झन्डै चारवटा मिर्गौला प्रत्यारोपण भएका छन्।

अघिल्लो वर्षभन्दा १६ बढी प्रत्यारोपण

केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा १८६ वटा मिर्गौला र आठवटा कलेजो प्रत्यारोपण गरेको थियो। यस वर्ष मिर्गौला प्रत्यारोपणको संख्या २०२ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो १६ वटा अर्थात् करिब ८.६ प्रतिशत वृद्धि हो।

मिर्गौला प्रत्यारोपण सामान्य शल्यक्रिया मात्र नभई दाता र बिरामीको स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, रक्त समूह तथा अन्य अनुकूलता परीक्षण, कानुनी कागजात र स्वीकृतिलगायतका प्रक्रिया पूरा गर्नुपर्ने जटिल उपचार प्रक्रिया हो।

डायलाइसिसबाट प्रत्यारोपणतर्फ

मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस जीवन धान्ने महत्वपूर्ण उपचार भए पनि नियमित डायलाइसिसले बिरामीको दैनिक जीवन, रोजगारी, आर्थिक अवस्था र परिवारमा ठूलो असर पार्न सक्छ। उपयुक्त बिरामीका लागि मिर्गौला प्रत्यारोपणले डायलाइसिसको निर्भरता हटाउँदै जीवनशैलीमा सुधार ल्याउने सम्भावना प्रदान गर्छ।

तर, प्रत्यारोपणपछि पनि बिरामीले जीवनभर नियमित औषधि सेवन, चिकित्सकीय निगरानी र फलोअप गराउनुपर्ने हुन्छ। त्यसैले प्रत्यारोपणलाई उपचारको अन्तिम बिन्दुभन्दा दीर्घकालीन उपचार यात्राको महत्वपूर्ण चरणका रूपमा हेरिन्छ।

केन्द्रको दैनिक जनगणना विवरणले मिर्गौला रोग तथा प्रत्यारोपण सेवामा बिरामीको चाप उच्च रहेको देखाउँछ। २०८३ वैशाख १० गते नेफ्रोलोजी तथा किड्नी ट्रान्सप्लान्ट मेडिसिन विभागमा २१३ बिरामी र हेमोडायलाइसिस सेवामा १५० बिरामी रहेको केन्द्रले जनाएको छ।

दाता अभावदेखि पूर्वाधारसम्म चुनौती

मिर्गौला प्रत्यारोपणको संख्या बढ्दै गए पनि नेपालमा अंगदाताको उपलब्धता, जनचेतना, विशेषज्ञ जनशक्ति, शल्यक्रिया तथा आईसीयू पूर्वाधार, औषधिको निरन्तर उपलब्धता र बिरामीको दीर्घकालीन फलोअप अझै चुनौतीपूर्ण छन्।

विशेषगरी उपयुक्त अंगदाता भेट्टाउनु प्रत्यारोपणका लागि ठूलो चुनौती बनेको छ। प्रत्यारोपणको आवश्यकता भएका बिरामीको संख्या ठूलो भए पनि सबै बिरामीले उपयुक्त दाता पाउन नसक्दा लामो समयसम्म डायलाइसिसमै निर्भर हुनुपर्ने अवस्था छ।

कानुनमा अस्पष्टता

नेपालमा अंग प्रत्यारोपणसम्बन्धी कानुनी व्यवस्थाले अंगदाता र अंग ग्रहण गर्ने व्यक्तिबीचको सम्बन्ध तथा आवश्यक प्रक्रिया निर्धारण गरेको छ। अंग प्रत्यारोपण नियमावली, २०७३ ले परिवारका सदस्य, नजिकका नातेदार, दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदार, धर्मपुत्र–धर्मपुत्री तथा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्न सकिने व्यवस्था गरेको छ।

अधिवक्ता सुजन पन्तका अनुसार नियमावलीमा नजिकको नातेदारको परिभाषा स्पष्ट नहुँदा व्यवहारमा समस्या देखिने गरेको छ। दाजुभाइबीच अंगदान गर्न मिल्ने भए पनि कति पुस्तासम्मका दाजुभाइलाई नजिकको नातेदार मान्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनको भनाइ छ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार नेपालमा प्रत्येक वर्ष करिब तीन हजार जनामा मिर्गौलासम्बन्धी गम्भीर समस्या देखिने गरेको छ भने करिब पाँच हजार बिरामी डायलाइसिस गराइरहेका छन्। तीमध्ये झन्डै तीन हजार बिरामी प्रत्यारोपण गर्न सक्ने अवस्थामा रहे पनि अंगदाताको अभाव र कानुनी अस्पष्टताका कारण समस्या भइरहेको उनको भनाइ छ।

सरकारी सहयोग विस्तार

मिर्गौला उपचारमा सरकारले समेत विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ। महालेखा परीक्षकको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदनअनुसार विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत १२ हजार ७३ जनाले सेवा लिएका छन्।

मिर्गौला प्रत्यारोपण सेवामा पछिल्लो समय दक्षता र क्षमता बढ्दै गए पनि बिरामीको बढ्दो चापअनुसार सेवा विस्तार, अंगदानसम्बन्धी जनचेतना, कानुनी व्यवस्था स्पष्टता र दीर्घकालीन उपचारको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ। प्रत्यारोपणको संख्या बढ्नु सकारात्मक संकेत भए पनि दाता अभाव र कानुनी जटिलता समाधान नगरेसम्म प्रत्यारोपणको आवश्यकता भएका सबै बिरामीसम्म सेवा पुर्‍याउन चुनौती कायमै रहनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

कालीमाटीमा अधिकांश तरकारीको मूल्य स्थिर, केहीको भाउ घट्यो

सिराहामा करेन्ट लागेर एकैदिन तीन जनाको मृत्यु

ह्वाइट हाउस पुगेको इतिहास, तर देशले के पायो देउवाको कूटनीतिबाट?

भन्सारमै निर्भर राजस्व, आयकर र आन्तरिक कर संकलन कमजोर

ओली हटाउने बहसबाट किन पछि हटे एमालेका नेताहरू? गुन्डु बैठकपछि बदलियो समीकरण

विदेशी मुद्राको विनिमयदरमा मिश्रित उतारचढाव, डलर स्थिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu