काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ यही भदौ २ गते प्रतिनिधिसभा बैठक चलिरहँदा फन्किँदै बाहिर निस्किइन् । सभामुख डोलप्रसाद अर्यालले मन्त्रीलाई प्रश्न गर्न रोक्नु नै उनको बाहिरिने कारण थियो ।
अघिल्लो दिन सांसद तामाङले सदनमा विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन सरकारले चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । उनले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन ३७ दिनसम्म पनि कुनै सुनुवाइ नभएपछि सो विषय उठाएकी थिइन् । विदेशमा अलपत्र परेका शव व्यवस्थापन गर्न अर्थ मन्त्रालयले बजेट छुट्याएको भए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि बनाउन ढिलाइ गरेकाले आफन्तहरू शव पाउन नसकेको आरोपसमेत उनले लगाएकी थिइन् ।
त्यसपछि सभामुख अर्यालले तीन दिनभित्र सरकारलाई जवाफ दिन निर्देशन दिएका थिए । सोही अनुसार भोलिपल्ट परराष्ट्रमन्त्री शिशिर खनाल प्रतिनिधिसभामा जवाफ दिन पुगेका हुन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्