ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिबको घरमा मात्रै होइन, सबै अतिक्रमणमा चलोस् डोजर : सांसद मनीष झा


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : २५   बजे

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउने क्रममा सरकारलाई सबैमाथि समान व्यवहार गर्न आग्रह गरेका छन्। डोजरको प्रयोग गरिब र निमुखाको आवासमा मात्र सीमित नभई पहुँचवाला र शक्तिशालीले अतिक्रमण गरेका संरचनामाथि पनि समान रूपमा हुनुपर्ने उनको माग छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले जनकपुरको गुठी जग्गा अतिक्रमण हटाउने अभियानमा सरकारले निष्पक्ष र सन्तुलित ढंगले काम गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले जनकपुरको गुठीको अतिक्रमित जग्गा पहिचान गर्न २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठन गरिएको कार्यदलको प्रतिवेदनका आधारमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको उल्लेख गरे। जनकपुरमा करिब ९ सय ५० बिघा गुठीको जग्गा अतिक्रमणमा परेको बताउँदै उनले त्यसको संरक्षण र फिर्ताका लागि सरकार गम्भीर र सफल हुनुपर्ने बताए।

‘यो डोजर प्रहार गरिबहरूमाथि मात्र नहोस्। सबैमाथि समान व्यवहार गरियोस् र जनकपुरको ९ सय ५० बिघा अतिक्रमण गरिएको जमिन संरक्षण गर्ने र फर्काउने अभियानमा सरकार सफल र सजग होस् भन्ने सन्तुलित अनुरोध छ,’ सांसद झाले बैठकमा भने।

उनले अतिक्रमण हटाउने अभियानका क्रममा पहुँच, हैसियत र आर्थिक अवस्थाका आधारमा फरक व्यवहार गर्न नहुने धारणा राखे। कानुनको कार्यान्वयन सबैका लागि समान हुनुपर्नेमा उनको जोड थियो।

सरकारले शनिबारदेखि जनकपुरका विभिन्न स्थानमा पोखरीको डिलमा भएका अतिक्रमित संरचना हटाउने अभियान सुरु गरेको छ। गुठी संस्थान जनकपुरधामले गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउन थालेको जनाएको छ।

सांसद झाले अतिक्रमण हटाउने अभियानलाई केवल कमजोर र निम्न आय भएका समुदायमाथिको कारबाहीमा सीमित नगरी, गुठीको जग्गा अतिक्रमण गर्ने सबैमाथि समान कानुनी मापदण्ड लागू गर्न सरकारसँग माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

वाग्मतीमा मुख्यमन्त्रीको नियुक्तिविरुद्ध रिट, विश्वासको मत लिने तयारीमा विवाद

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UAE Ambassador Discusses Labor Cooperation with Nepal’s Employment Minister

4G Service Reaches Remote Badimalika Region in Nepal

Nepal’s Rahughat Hydropower Project Nears Completion After Multiple Delays

Amnesty Report Details Excessive Force Used Against Student Protesters in New Delhi

E1 Settlement Plan Sparks Outrage, But May Benefit Israeli Right in Upcoming Elections

१८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डको सहभागिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu