ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डको सहभागिता


ABC NEWS
८ भदौ २०८३, सोमबार   ५ : ३५   बजे

 

काठमाडौं । आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटो शो नजिकिएसँगै प्रदर्शनीस्थलमा स्टल निर्माणको कामलाई तीव्रता दिएको हो। भृकुटीमण्डपमा अहिले विभिन्न अटोमोबाइल तथा पार्ट्सपुर्जाका स्टल निर्माणको काम धमाधम भइरहेको छ।

विभिन्न ब्रान्डले आफ्ना उत्पादन तथा नयाँ प्रविधि प्रदर्शन गर्न छुट्टाछुट्टै स्टल निर्माण गरिरहेका छन्। आयोजकका अनुसार यस वर्षको अटो शोमा ५५ ब्रान्डको सहभागिता रहनेछ भने करिब २०० स्टल रहनेछन्।

५५ ब्रान्डको सहभागिता

नाडाका अनुसार अटो शोमा २४ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका हलुका कमर्सियल गाडी र १४ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन प्रदर्शन गरिनेछ।

सवारीसाधनबाहेक ७० भन्दा बढी स्टलमा अटोमोबाइल पार्ट्स, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरणलगायतका सामग्री प्रदर्शन गरिनेछ। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

रोबोटसमेत प्रदर्शनमा

यस वर्षको अटो शोमा सवारीसाधन र अटोमोबाइल प्रविधिसँगै अत्याधुनिक रोबोट प्रविधि पनि आकर्षणको केन्द्र बन्ने भएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा जीआई ह्यमनोइड रोबोट र जीओ२ क्वाड्रप्ड रोबोट समेत प्रदर्शन गरिनेछ।

नाडाका अनुसार नयाँ सवारीसाधन, विद्युतीय सवारी, अटोमोबाइल प्रविधि तथा सहायक सामग्रीबारे जानकारी लिन चाहने उपभोक्ताका लागि अटो शो महत्वपूर्ण मञ्च बन्नेछ। आयोजकले प्रदर्शनीलाई व्यवस्थित र आकर्षक बनाउन स्टल निर्माण तथा अन्य व्यवस्थापनको कामलाई तीव्रता दिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

‘बलात्कारीलाई पाकेटमारसँगै राखेर सजाय दिन मिल्दैन’ : श्रद्धा कुँवर

पुँजी बजारमा ६ खर्ब डुब्दा पनि अर्थमन्त्री बेवास्ता गरेको सांसद संग्रौलाको आरोप

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu