ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बलात्कारीलाई पाकेटमारसँगै राखेर सजाय दिन मिल्दैन’ : श्रद्धा कुँवर


ABC NEWS
८ भदौ २०८३, सोमबार   ६ : २५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले पाकेटमारी र बलात्कारजस्ता अपराधलाई एउटै दृष्टिले हेर्न नहुने बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रमाणित बलात्कारी तथा जघन्य महिला हिंसाका अपराधीलाई कडा कारबाहीको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

कुँवरले अपराधको प्रकृति र गम्भीरताअनुसार सजायको व्यवस्था हुनुपर्ने बताउँदै भनिन्, ‘एउटा पाकेटमारलाई र एउटा बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन । प्रमाणित बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई कानूनको सजायको डर यति बलियो बनाइयोस् कि अपराध गर्ने सोच नै जन्मन नपाओस् ।’

उनले संविधानको धारा १६ र १७ ले मृत्युदण्ड तथा देश निकाला जस्ता सजाय निषेध गरेको उल्लेख गर्दै महिलालाई सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

‘एउटा छोरीलाई छोरी हुनु नै पाप जस्तो बनाइन्छ भने हामीले संविधानका अक्षर मात्र हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने ?’ उनले प्रश्न गरिन् ।

कुँवरले समाजले छोरीलाई लाज छोप्न र आत्मसुरक्षा सिकाउने मात्र नभई छोरालाई पनि मानवता, सम्मान र जिम्मेवारी सिकाउनुपर्ने बताइन् ।

उनको भनाइको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्ध नेकपा सांसदहरूको मोर्चाबन्दी

सम्बन्धित

गरिमा हत्या प्रकरणः सुमनले पोलेका प्रदीप खड्का पक्राउ

विश्व फिनटेक मञ्चमा नेपालको आइमार्क, ‘बेस्ट पेमेन्ट्स सोलुसन’मा मनोनयन

१८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डको सहभागिता

पुँजी बजारमा ६ खर्ब डुब्दा पनि अर्थमन्त्री बेवास्ता गरेको सांसद संग्रौलाको आरोप

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu