ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ८ : १५   बजे

काठमाडौं । संसद्मा सांसदहरूले उठाएका जनसरोकारका विषय सम्बन्धित मन्त्रालय र निकायबाट सम्बोधन भए–नभएको जानकारी दिने गरी सरकारले विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असार २६ गतेदेखि सुरु गरेको यो अभ्यासमार्फत संसद्मा उठेका प्रशासनिक तथा जनसरोकारका विषय सम्बन्धित मन्त्रालयमा पठाउने र त्यसको प्रगति सांसदलाई जानकारी गराउने व्यवस्था गरिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार संसद्मा उठेका विषय सोही दिन सम्बन्धित मन्त्रालयलाई जानकारी गराइन्छ। मन्त्रालयले विषयको प्रकृतिअनुसार आवश्यक कारबाही गर्ने र त्यसको जानकारी सम्बन्धित सांसद तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपलब्ध गराउने गरिएको छ।

‘यसले सरकारलाई संसद्प्रति जवाफदेही हुनुका साथै थप जिम्मेवार पनि बनाएको छ,’ शाहले भने।

समस्या समाधानमा जिम्मेवारी

सल्लाहकार शाहका अनुसार संयन्त्रको उद्देश्य संसद्मा उठेका विषयलाई टिपोट गरेर मात्र छाड्ने पुरानो अभ्यास अन्त्य गरी समाधानतर्फ जिम्मेवारी बढाउनु हो।

कुनै विषय तत्काल समाधान गर्न नसकिने भए त्यसको कारण, वर्तमान अवस्था र समाधानका सम्भावित उपायबारे पनि सम्बन्धित सांसदलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

सांसदहरूले सदनमा उठाएका विषय साप्ताहिक रूपमा प्रधानमन्त्रीसमक्ष पठाइने र सम्बन्धित मन्त्रालयले पनि प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा प्रतिनिधिसभा र राष्ट्रियसभाका पाँच–पाँच बैठक बसेका छन्। ती बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा २८२ सांसदले धारणा राखेका थिए।

कार्यालयका अनुसार अधिकांश विषय सम्बन्धित मन्त्रालयबाट सम्बोधन भइसकेका छन् भने केही विषयको वर्तमान अवस्थाबारे सम्बन्धित सांसदलाई जानकारी दिइसकिएको छ।

गृह मन्त्रालयसँग सम्बन्धित प्रश्न धेरै

गत साउनमा सांसदहरूले सबैभन्दा बढी गृह मन्त्रालयसँग सम्बन्धित विषय उठाएका छन्। गृह मन्त्रालयसँग सम्बन्धित विषय ६६ सांसदले उठाएका थिए। तीमध्ये प्रतिनिधिसभाका २७ र राष्ट्रियसभाका ३९ सांसद थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित विषय ६० सांसदले उठाएका थिए। यसमा प्रतिनिधिसभाका ४३ र राष्ट्रियसभाका १७ सांसद थिए।

परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषय ४८ सांसदले उठाएका थिए। त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित ३३ र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित २१ सांसदले विषय उठाएका थिए।

पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित १३, युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित ११ तथा रक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित नौ–नौ सांसदले धारणा राखेका थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विषयमा पाँच, सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित चार तथा शिक्षा तथा संस्कृत मन्त्रालयसँग सम्बन्धित तीन सांसदले प्रश्न तथा धारणा राखेको विवरणमा उल्लेख छ।

४५ कर्मचारी संयन्त्रमा

सांसदले उठाएका विषयको समन्वय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरिरहेको छ। संघीय संसद्का दुवै सदनका लागि विभिन्न मन्त्रालयले अधिकृतदेखि उपसचिवस्तरसम्मका कर्मचारी खटाएका छन्।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका चार र विभिन्न मन्त्रालयका ४१ गरी ४५ कर्मचारी यो प्रक्रियामा संलग्न छन्।

संसद्मा खटिएका मन्त्रालयका कर्मचारीले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्न तथा विषय टिपोट गरी सम्बन्धित सचिवलाई जानकारी गराउँछन्। त्यसपछि सचिवमार्फत मन्त्रीलाई ब्रिफिङ गर्ने र आवश्यक कारबाहीपछि सम्बन्धित सांसदलाई जानकारी दिने गरिएको छ।

त्यसैगरी, सम्बन्धित मन्त्रालयले गरेका काम तथा प्रगतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई इमेल, ह्वाट्सएपलगायत माध्यमबाट साप्ताहिक रूपमा जानकारी गराउने व्यवस्था गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतसँग खेल्नुअघि ब्राजिलको ढाकामा प्रशिक्षण शिविर राख्ने तयारी

कोहलपुरका विस्थापित र नगरपालिकाबीच सहमति, १० दिनभित्र वास्तविक सुकुम्वासी पहिचान गरिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतसँग खेल्नुअघि ब्राजिलको ढाकामा प्रशिक्षण शिविर राख्ने तयारी

कोहलपुरका विस्थापित र नगरपालिकाबीच सहमति, १० दिनभित्र वास्तविक सुकुम्वासी पहिचान गरिने

गण्डकी सरकारबाट एमालेका चार मन्त्री फिर्ता, सामूहिक राजीनामाको तयारी

‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने

इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाको प्रतिबन्ध

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu