ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुरका विस्थापित र नगरपालिकाबीच सहमति, १० दिनभित्र वास्तविक सुकुम्वासी पहिचान गरिने


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : २५   बजे

बाँके । कोहलपुर नगरपालिका–११ शान्तिनगर क्षेत्रबाट विस्थापित भएका बासिन्दा र कोहलपुर नगरपालिकाबीच दुई बुँदे सहमति भएको छ।

तीन महिनाअघि विस्थापित भएर पुनः सोही क्षेत्रमा फर्किएका बासिन्दाको व्यवस्थापनका लागि गठित सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति र नगरपालिकाबीच सोमबार भएको वार्तामा वास्तविक भूमिहीन तथा सुकुम्वासी पहिचान गरी वर्गीकरण गर्ने सहमति भएको हो।

संघर्ष समितिले यसअघि नगरपालिकाले संकलन गरेको ७५१ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको पूर्ण स्वामित्व दिनुपर्ने माग गर्दै आएको थियो। तर नगरपालिकाले कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी जग्गा अतिक्रमण गर्न नदिने तथा त्यहाँ नयाँ संरचना निर्माण गर्न नदिने अडान राख्दै आएको थियो।

१० दिनभित्र प्रतिवेदन

गत वैशाख २६ गते डोजर लगाएर बस्ती हटाइएपछि विस्थापितहरू सोही क्षेत्रमा पाल टाँगेर बस्न थालेका थिए। त्यसपछि नगरपालिका र संघर्ष समितिबीच पुनः छलफल भएको हो।

सहमतिअनुसार कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपासबाट हटाइएका तथा २०८० भदौमा गरिएको पारिवारिक लगतमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका रूपमा फारम भरेका व्यक्तिमध्ये वास्तविक भूमिहीन पहिचान गर्न संघर्ष समितिका प्रतिनिधिसहित छानबिन टोली गठन गरिनेछ।

छानबिन टोलीले १० दिनभित्र नगरप्रमुखसमक्ष प्रतिवेदन बुझाउनेछ। त्यसपछि सोही प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।

७५१ परिवारको लगत

कोहलपुर नगरपालिकाले २०८० भदौमा गरेको पारिवारिक लगतअनुसार ४१६ परिवार अव्यवस्थित बसोबासी, १७२ परिवार भूमिहीन दलित र १६३ परिवार भूमिहीन सुकुम्वासीको सूचीमा परेका थिए।

नगरप्रमुख पूर्णप्रसाद आचार्यले सहमतिअनुसार पारदर्शी रूपमा छानबिन गरी परिवारको आर्थिक, सामाजिक तथा भौगोलिक अवस्थाका आधारमा वर्गीकरण गरिने बताए।

‘दुवै पक्षबीच सौहार्दपूर्ण वातावरणमा छलफल भयो। समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले दुई बुँदे सहमति भएको छ। बाँकी काम छानबिन समितिले गर्नेछ,’ उनले भने।

सरकारी जग्गा अतिक्रमण गरेर बसेकाले यसअघि बस्ती हटाइएको भन्दै अब व्यक्तिगत संरचना निर्माण गरेर पुनः बस्न नदिने उनले स्पष्ट पारे। नगरपालिकाले तीन महिनादेखि होल्डिङ सेन्टरमा राखेका व्यक्तिको समेत छानबिन गरिने उनले बताए।

वास्तविक पीडितलाई प्राथमिकता

नगरपालिकाका अनुसार छानबिनका क्रममा वास्तविक भूमिहीन वा सुकुम्वासी देखिए प्राथमिकताका आधारमा व्यवस्थापन गरिनेछ। तत्काल व्यवस्थापन आवश्यक पर्ने व्यक्ति तथा अन्यत्र घरजग्गा भएका व्यक्तिलाई समेत छुट्टाछुट्टै वर्गीकरण गरिनेछ।

नगरपालिकाको आन्तरिक छानबिनमा केही व्यक्तिको अन्य जिल्लामा घर तथा जग्गासमेत रहेको पाइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए। त्यस्ता व्यक्तिलाई सम्बन्धित ठाउँमा पठाइसकिएको उनले जानकारी दिए।

छानबिनपछि तत्काल व्यवस्थापन आवश्यक पर्ने परिवारलाई नगरपालिका तथा सम्बन्धित निकायको समन्वयमा उपयुक्त स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको छ।

होल्डिङ सेन्टर तथा शान्तिनगरमा रहेका विस्थापित परिवारमा एकल महिला, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बालबालिकासमेत रहेकाले उनीहरूको अवस्था संवेदनशील रहेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Netherlands Withdraws From Eurovision Citing Political Concerns

Meta Faces Over $1 Trillion In Legal Challenges Over Addictive Platforms

France and Saudi Arabia Announce $7 Billion Theme Park Project Near Paris

Netanyahu Alleges Iran Targeted One Of His Sons In Assassination Attempt

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu