काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको मङ्गलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित भएको छ। अब उक्त बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ।
संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले मङ्गलबार जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको समय परिवर्तन गरिएको हो।
यसअघि मङ्गलबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अब बुधबार सोही समयमा बस्ने संसद् सचिवालयले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्