ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शोमा डोङफेङका दुई नयाँ विद्युतीय मोडल सार्वजनिक


ABC NEWS
९ भदौ २०८३, मंगलबार   २ : २५   बजे

काठमाडौँ । नाडा अटो शोमा डोङफेङले नेपाली बजारका लागि दुई नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गरेको छ। नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लक्जरी इलेक्ट्रिक सेडान इपाई ००७ र अफरोड क्षमतायुक्त एम हिरो १ सार्वजनिक गरेको हो।

कम्पनीले इपाई ००७ को मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने एम हिरो १ को मूल्य भने हालसम्म सार्वजनिक गरिएको छैन।

इपाई ००७ : ५३० किलोमिटर रेन्जको दाबी

लक्जरी सेडानका रूपमा प्रस्तुत गरिएको इपाई ००७ मा ५६.८३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ।

आकर्षक डिजाइन, आधुनिक प्रविधि र विद्युतीय ड्राइभिङ अनुभवसहित आएको इपाई ००७ लाई नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक सेडान खोज्ने ग्राहकलाई लक्षित गरिएको छ।

एम हिरो १ : अफरोड क्षमतासहितको रेन्ज एक्स्टेन्डेड ईभी

त्यसैगरी, डोङफेङले नाडा अटो शोमै एम हिरो १ पनि प्रदर्शनमा राखेको छ। अफरोड क्षमतायुक्त यो रेन्ज एक्स्टेन्डेड इलेक्ट्रिक एसयूभीमा ६५.८ किलोवाट आवरको ब्याट्री रहेको छ।

कम्पनीका अनुसार, विद्युतीय मोडमा यसको रेन्ज १५६ किलोमिटरसम्म रहेको छ भने फ्युल रेन्ज एक्स्टेन्डरको सहयोगमा यसको कम्बाइन्ड रेन्ज ८०० किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ। गाडीमा ८४ लिटर क्षमताको फ्युल ट्यांकी समेत रहेको छ।

नेपाली बजारमा थपिँदै विद्युतीय विकल्प

एमएडब्लु वृद्धिले सार्वजनिक गरेका यी दुई मोडलमध्ये इपाई ००७ लक्जरी इलेक्ट्रिक सेडान हो भने एम हिरो १ अफरोड क्षमतायुक्त रेन्ज एक्स्टेन्डेड इलेक्ट्रिक एसयूभी हो।

नाडा अटो शोमार्फत सार्वजनिक भएका यी नयाँ मोडलले नेपाली बजारमा विद्युतीय तथा नयाँ प्रविधिमा आधारित सवारीसाधनका विकल्प थप्ने अपेक्षा गरिएको छ। विशेषगरी लामो रेन्ज, प्रिमियम सुविधा र फरक ड्राइभिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गर्दै डोङफेङले यी मोडल नेपाली बजारमा प्रस्तुत गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

नेप्से लगातार दोस्रो दिन घट्यो, ४ अर्ब १० करोडको कारोबार

वीरगन्ज चिनी मिल पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदलको स्थलगत निरीक्षण

जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका व्यक्ति जबरजस्ती करणी आरोपमा पक्राउ

नेप्से ५.३० अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu