ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिमा हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘क्लोज सर्कल’ तर्फ, पक्राउ परेका ९ जना को–को?


ABC NEWS
९ भदौ २०८३, मंगलबार   २ : ३५   बजे

जनकपुरधाम । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाउँदै ‘क्लोज सर्कल’ अर्थात् पीडित परिवार र घटनासँग प्रत्यक्ष वा नजिकबाट जोडिएका व्यक्तिहरूतर्फ केन्द्रित गरेको छ। घटनामा संलग्न रहेको आशंकामा हालसम्म ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, पक्राउ परेकामाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेका ९ जना को–को हुन्?

प्रहरीले प्रारम्भिक चरणमा जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी र एक १६ वर्षीय नाबालकलाई पक्राउ गरेको थियो। कानुनी प्रावधानका कारण उक्त नाबालकको वास्तविक नाम सार्वजनिक गरिएको छैन।

त्यसपछि अनुसन्धानको दायरा विस्तार गर्दै प्रहरीले थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। सार्वजनिक विवरणअनुसार पक्राउ पर्नेमा—

  • प्रोग्रेस चौधरी, २४ वर्ष
  • एक १६ वर्षीय नाबालक (नाम गोप्य)
  • इन्द्रजित चौधरी
  • पुष्पा चौधरी
  • ममता चौधरी
  • शेख हुस्मुदिन आलम
  • टेकबहादुर थापा मगर
  • नवीन वि.क.
  • प्रदीप खड्का, १४ वर्ष

छन्।

प्रदीप खड्का जीतपुरसिमरा–२ निवासी तथा कक्षा ९ मा अध्ययनरत रहेको सार्वजनिक विवरणमा उल्लेख छ। यससँगै घटनामा पक्राउ पर्नेहरूको संख्या ९ पुगेको छ।

दुई चरणमा म्याद थप, अनुसन्धान जारी

प्रहरीले पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि बारा जिल्ला अदालत, कलैयाबाट म्याद थप गरेको छ। पहिलो चरणमा चार दिन र दोस्रो चरणमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट प्राप्त प्रमाण, आपसी सम्पर्क, मोबाइल तथा अन्य सम्भावित प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको बुझिएको छ।

अनुसन्धानकै क्रममा भिडियो ‘लिक’, प्रहरीमाथि पनि छानबिन

यसबीच मुख्य आरोपित भनिएका एक नाबालकसँग चिकित्सकले सोधपुछ गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियाको गोपनीयतामाथि प्रश्न उठेको छ।

नाबालकसँग सम्बन्धित संवेदनशील भिडियो सार्वजनिक हुनु बाल न्यायसम्बन्धी कानुनी तथा अनुसन्धानको गोपनीयतासँग समेत जोडिएको विषय बनेको छ। घटनापछि प्रहरी मुख्यालयले भिडियो कसरी बाहिरियो भन्ने विषयमा समेत अनुसन्धान थालेको बताइएको छ।

भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जनाइएको छ।

गरिमा हत्या प्रकरणमा धेरै व्यक्तिको संलग्नता हुन सक्ने आशंकाबीच प्रहरीले अनुसन्धानलाई फराकिलो बनाएको छ। यद्यपि, पक्राउ परेका सबै व्यक्तिको वास्तविक भूमिका र घटनाको पूर्ण विवरण अनुसन्धान पूरा भएपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

नेप्से लगातार दोस्रो दिन घट्यो, ४ अर्ब १० करोडको कारोबार

वीरगन्ज चिनी मिल पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदलको स्थलगत निरीक्षण

जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका व्यक्ति जबरजस्ती करणी आरोपमा पक्राउ

नेप्से ५.३० अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu