ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संगठित अपराधका घटनामा संलग्न पाँच पक्राउ


एबीसी न्यूज
५ बैशाख २०७५, बुधबार   २ : १०   बजे

रुपन्देही, ५ वैशाख । रुपन्देहीको विभिन्न संगठित अपराधका घटनामा संलग्न भएको भन्दै प्रहरीले रुपन्देहीका पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचैजना प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका सहयोगी भएको बताइएको छ । पुनले उनीहरुलाई सुराकीका रुपमा प्रयोग गरेका थिए ।

बुटवल र देवदहका विभिन्न स्थानबाट मंगलबार पक्राउ परेका उनीहरुलाई आज इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ शिवनगर निवासी उत्तम आचार्य, देवदह नगरपालिका–५ बस्ने तुल्सी न्यौपाने र देवदह नगरपालिका–४ निवासी लेखनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका–४ बस्ने हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका–६ का रोशन खड्का रहेको रुपन्देहीका प्रहरी उपरीक्षक श्यामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

देवदह नगरपालिका–४ निवासी लेखनाथ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने आचार्य युथ फोर्सका पूर्व जिल्ला नेता हुन् ।

रुपन्देहीका नारायण बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योग गरेको घटना, देवदहका दुर्गाप्रसाद तिवारीलाई गोली हान्ने प्रयास गरेको र २०७३ पुस ४ गते तिवारीलाई गोली हानी हत्या गरेको घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

यसैगरी २०७४ पुस २१ गते बलु भन्ने वसन्त पौडेललाई गोली हानी हत्या गरेको घटनाका मुख्य योजनाकार मनोज पुन भन्ने मनोज बुढामगर र बिट्टु भन्ने योगेन्द्र सिंहसँग निरन्तर सम्पर्कमा रही जिल्लाका उद्योगी, व्यापारीको विवरण उपलब्ध गराउने र आपराधिक कार्य गराउन उनीहरुले फरक फरक भूमिका निर्वाह गरेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यी घटनामा संलग्न अझै दुईजना फरार छन् उनीहरुलाई पनि छिटै नियन्त्रणमा लिइने छ ।”

जबर्जस्ती चन्दा असुलीलगायत जघन्य अपराध र गम्भीर प्रकारका घटनामा संलग्न भएका उनीहरुलाई कर्तव्य ज्यान मार्ने उद्योग, संगठित अपराध, जबर्जस्ती चन्दा असुली, हातहतियार खरखजाना मुद्दा लगाइने प्रहरीले जनाएको छ ।

कुनै पनि पेशा, व्यवसाय, धर्म र राजनीतिको आडमा गरिने अपराध क्षम्य हुँदैन प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा मन्त्री छनोटमा सकस, पूर्वसमाजवादीको ‘एक मन्त्री’ अडानले सहमति जुटेन

अरुणखोलामा बाघको आतङ्क, दुई सातामा १९ घरपालुवा जनावर मारिए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu