काठमाडौं । बाढीको घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई टेलिफोन गरेका छन्। बुधबार अपराह्न भएको कुराकानीमा प्रधानमन्त्री मोदीले भोटेकोसी बाढीको अवस्थाबारे जानकारी लिएका हुन्।
भारतीय प्रधानमन्त्री मोदीले बाढीमा परी ज्यान गुमाएका व्यक्तिको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गरे। उनले यो कठिन परिस्थितिमा नेपाल र नेपाली जनतालाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यको लागि भारतबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका हुन्।
मोदीले उद्धार र राहत कार्यमा आवश्यक पर्ने सहयोग उपलब्ध गराउन भारतीय निकायलाई निर्देशन दिएका छन्। दुई देशबीच समन्वय भइरहेको र यसैमार्फत सहयोग आदानप्रदान गरिने उनले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्