ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीपछि चीनको प्रतिबद्धता : ‘पानीको बहाव बढ्नेबित्तिकै नेपाललाई जानकारी दिन्छौँ’


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ०५   बजे

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चीनले आफ्नो भूभागमा नदी तथा जलप्रवाहको अवस्था असामान्य रूपमा बढ्नेबित्तिकै नेपाललाई तत्काल जानकारी दिने प्रतिबद्धता जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षका उच्च अधिकारीबीच भएको छलफलमा चीनले यस्तो प्रतिबद्धता जनाएको विभागले जानकारी दिएको छ।

विभागका अनुसार छलफलमा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि तथा चिनियाँ मौसम विज्ञान प्रशासनका अधिकारीहरूको सहभागिता रहेको थियो। सीमापार नदी प्रणालीमा पानीको बहाव, वर्षा तथा सम्भावित जोखिमबारे दुई पक्षबीच सूचना आदानप्रदान गर्ने विषयमा छलफल भएको जनाइएको छ।

‘चीनतर्फ ठूलो वर्षा परेको छैन’

छलफलका क्रममा चिनियाँ पक्षले हाल आफ्नो भूभागमा ठूलो वर्षा नभएको र वर्षाका कारण तत्काल बाढी आउने अवस्था नरहेको जानकारी गराएको विभागले जनाएको छ।

हालै भोटेकोशीमा आएको अस्वाभाविक र विनाशकारी बाढीको वास्तविक कारणबारे विभिन्न कोणबाट अध्ययन भइरहेका बेला चीनतर्फबाट प्राप्त यो जानकारीलाई महत्वपूर्ण मानिएको छ।

माथिल्लो जलाधार तिब्बती भूभागमा पर्ने भएकाले त्यहाँ हुने असामान्य वर्षा, हिमपहिरो, पहिरो वा अन्य प्राकृतिक घटनाले नेपालतर्फको नदी प्रणालीमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

त्यसैले माथिल्लो क्षेत्रमा पानीको बहाव बढ्नेबित्तिकै नेपाललाई जानकारी दिने चिनियाँ प्रतिबद्धताले भविष्यमा नदी तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पाँच जिल्लामा भारी वर्षाको चेतावनी

यसैबीच, जल तथा मौसम विज्ञान विभागले रसुवा, नुवाकोट, धादिङ, गोरखा र सिन्धुपाल्चोक जिल्लामा आज रातिदेखि धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।

केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

भोटेकोशी र त्रिशूली नदी प्रणालीमा बाढीपछि खोज तथा उद्धार जारी रहेकाले थप वर्षाले नदीको बहाव बढाउन, पहिरो जान तथा उद्धार कार्यमा अवरोध पुर्‍याउन सक्ने जोखिम रहेको छ।

सीमापार पूर्वसूचना प्रणालीमाथि फेरि प्रश्न

भोटेकोशीको माथिल्लो जलाधार चीनको तिब्बती क्षेत्रमा पर्ने भएकाले त्यहाँ हुने प्राकृतिक घटनाबारे नेपालले समयमै सूचना पाउन नसक्दा नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सार्ने समय कम हुने गरेको छ।

२०२५ मा भएको सीमापार हिमनदीजन्य बाढी र यस वर्षको विनाशकारी बाढीपछि नेपाल–चीनबीच वास्तविक समयको जल तथा मौसमसम्बन्धी सूचना आदानप्रदान र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने माग थप बलियो बनेको छ।

चीनले पानीको बहाव असामान्य रूपमा बढ्नेबित्तिकै नेपाललाई जानकारी दिने प्रतिबद्धता जनाएको भए पनि उक्त सूचना प्रणाली कुन संयन्त्रमार्फत, कति समयभित्र र कुन तहसम्म कार्यान्वयन हुनेछ भन्ने विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

⚡ भोटेकोशी बाढीको कहर : ९५ शव फेला, ६३ घाइते उपचाररत, २८ प्रहरी पनि सम्पर्कविहीन

भिडियो होइन, उद्धारमा हात बढाऔँ : रवि लामिछानेको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

⚡ भोटेकोशी बाढीको कहर : ९५ शव फेला, ६३ घाइते उपचाररत, २८ प्रहरी पनि सम्पर्कविहीन

भिडियो होइन, उद्धारमा हात बढाऔँ : रवि लामिछानेको आग्रह

निजी उडानमा रोक, भोटेकोशी उद्धारमा सबै हेलिकप्टर केन्द्रित गर्न गृहमन्त्रीको निर्देशन

बाढीको आतंकमा १,६४३ विद्यार्थीको विद्यालय : कति सुरक्षित, कति सम्पर्कविहीन ?

पत्रकार निराजन पौडेलको परिवारमाथि बाढीको बज्रपात : बुवा–आमासहित पाँचजना बेत्रावतीबाट सम्पर्कविहीन

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu