ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो, ९३ घाइतेको उद्धार


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ०५   बजे

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ। बाढीपछि रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धारका क्रममा हालसम्म ५५ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।

प्रहरीका अनुसार मृतकमध्ये ३१ जना पुरुष र २२ जना महिला छन्। फेला परेका थप दुई शवको भने पहिचान हुन सकेको छैन।

बाढीबाट सबैभन्दा बढी मानवीय क्षति भएका जिल्लामध्ये चितवन र धादिङ अगाडि देखिएका छन्। नदीको तीव्र बहावसँगै बाढी भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदी प्रणालीमा फैलिँदा तल्लो तटीय क्षेत्रमा समेत ठूलो क्षति भएको हो।

कुन जिल्लामा कति शव ?

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म फेला परेका शवको विवरण यस्तो छ :

  • रसुवा: १ पुरुष
  • नुवाकोट: ५ महिला र ६ पुरुष
  • धादिङ: ११ महिला र ५ पुरुष
  • चितवन: ५ महिला र १३ पुरुष
  • गोरखा: १ महिला र ६ पुरुष तथा पहिचान खुल्न नसकेका २ शव

प्रहरीले फेला परेका शवको सनाखत तथा आफन्तसँग सम्पर्क गराउने प्रक्रिया जारी राखेको जनाएको छ।

९३ घाइतेको उद्धार

बाढीमा परी घाइते भएका ९३ जनाको उद्धार गरिएको छ। उनीहरूलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

उद्धार गरिएकामध्ये:

  • रसुवा: ४३ जना
  • नुवाकोट: ४७ जना
  • धादिङ: ३ जना

रहेका छन्।

अझै यकिन छैन बेपत्ताको संख्या

बाढीले सडक, पुल, बस्ती, बजार तथा सञ्चार संरचनामा ठूलो क्षति पुर्‍याएकाले प्रभावित क्षेत्रमा पुगेर वास्तविक विवरण संकलन गर्न अझै कठिनाइ भइरहेको छ। कतिपय स्थानमा सडक सम्पर्क टुटेको र सञ्चार सेवा अवरुद्ध भएकाले बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको यकिन संख्या अझै सार्वजनिक हुन सकेको छैन।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई निरन्तरता दिएका छन्। जोखिमपूर्ण तथा सडक सम्पर्कविहीन क्षेत्रमा हेलिकोप्टरमार्फत समेत उद्धार अभियान सञ्चालन भइरहेको छ।

बाढीको असर तल्लो तटीय क्षेत्रमा समेत

रसुवाको उत्तरी सीमाबाट भोटेकोशी नदीमा प्रवेश गरेको अस्वाभाविक बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो विनाश गरेको थियो। त्यसपछि बाढी त्रिशूली नदी हुँदै नुवाकोट र धादिङतर्फ फैलिएको थियो।

मलेखु, मुग्लिन हुँदै चितवन पुगेको बाढीका कारण त्रिशूली तथा नारायणी नदी आसपासका बस्तीमा समेत उच्च सतर्कता अपनाइएको थियो।

बाढीले मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् आयोजना, सरकारी कार्यालय, भन्सार यार्ड तथा निजी संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। क्षतिको विस्तृत विवरण संकलनको काम भने जारी छ।

खोज तथा उद्धार अभियान अझै जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

⚡ भोटेकोशी बाढीको कहर : ९५ शव फेला, ६३ घाइते उपचाररत, २८ प्रहरी पनि सम्पर्कविहीन

भिडियो होइन, उद्धारमा हात बढाऔँ : रवि लामिछानेको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

⚡ भोटेकोशी बाढीको कहर : ९५ शव फेला, ६३ घाइते उपचाररत, २८ प्रहरी पनि सम्पर्कविहीन

भिडियो होइन, उद्धारमा हात बढाऔँ : रवि लामिछानेको आग्रह

निजी उडानमा रोक, भोटेकोशी उद्धारमा सबै हेलिकप्टर केन्द्रित गर्न गृहमन्त्रीको निर्देशन

बाढीको आतंकमा १,६४३ विद्यार्थीको विद्यालय : कति सुरक्षित, कति सम्पर्कविहीन ?

पत्रकार निराजन पौडेलको परिवारमाथि बाढीको बज्रपात : बुवा–आमासहित पाँचजना बेत्रावतीबाट सम्पर्कविहीन

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu