ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी सुरक्षित भए मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षा दिन सकिन्छ : आईजीपी कार्की


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : १५   बजे

बागलुङ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भए मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षा प्रदान गर्न सकिने बताएका छन्। उनले प्रहरी र नागरिकबीचको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताए।

जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न भएका चारवटा ब्यारेक तथा आवास भवनको उद्घाटन गर्दै महानिरीक्षक कार्कीले समुदायको अपनत्व र सहयोगबिना प्रहरी सफल हुन नसक्ने बताए। अपराध न्यूनीकरण तथा अनुसन्धानमा नागरिकको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।

दिनभर सुरक्षामा खटिने प्रहरीलाई आराम गर्ने कक्षको बागलुङ सदरमुकाममा अभाव रहेकामा नयाँ भवन निर्माण भएपछि सहज भएको उनले बताए। जिल्ला प्रहरी कार्यालय परिसरमा रु. ९ करोड ७१ लाखको लागतमा ब्यारेक, मेस, हिरासत कक्ष, वरिष्ठ प्रहरी अधिकृत आवास तथा कार्यालय प्रमुख निवास गरी चारवटा भवन निर्माण गरिएका छन्।

महानिरीक्षक कार्कीले नागरिक प्रहरी कार्यालयमा आउँदा आफ्नै घर सम्झेर विश्वासका साथ आउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उनले बदलिँदो समयअनुसार प्रहरीलाई थप प्रविधिमैत्री र परिस्कृत बनाउन आवश्यक रहेको बताए।

उनका अनुसार नेपालभर २८५ वटा प्रहरी युनिट जोखिमपूर्ण अवस्थामा छन् भने थप ९७० प्रहरी युनिटको माग भइरहेको छ।

विसं २०७९ देखि निर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालय बागलुङको भवन २०८३ जेठमा सम्पन्न भएको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिए। नयाँ भवन निर्माणसँगै प्रहरीले भाडाका भवनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

⚡ भोटेकोशी बाढीको कहर : ९५ शव फेला, ६३ घाइते उपचाररत, २८ प्रहरी पनि सम्पर्कविहीन

भिडियो होइन, उद्धारमा हात बढाऔँ : रवि लामिछानेको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

Meta Reaches $16.68 Billion Settlement Over Youth Addiction Claims

Trump States No Rush for Iran to Resume Negotiations

Israel Raids UNRWA Facility Amidst West Bank Annexation Concerns

Kremlin Confirms CIA Director Met With Russian Intelligence Officials

⚡ भोटेकोशी बाढीको कहर : ९५ शव फेला, ६३ घाइते उपचाररत, २८ प्रहरी पनि सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu