ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी : आज बिहानैदेखि हेलिकप्टरमार्फत तीव्र उद्धार, धुन्चे र विदुरमा अस्थायी उपचार केन्द्र


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ६ : ०५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट घाइते तथा जोखिममा परेका नागरिकको उद्धारका लागि आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिने भएको छ। प्रभावित क्षेत्रमा फसेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउने तथा गम्भीर घाइतेलाई तत्काल काठमाडौँ ल्याएर उपचार गर्ने तयारी गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले बाढी प्रभावित क्षेत्रका घाइते तथा जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो। गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएकालाई प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चेर नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने अस्थायी उपचार केन्द्रमा लगिनेछ।

घाइतेको स्वास्थ्य अवस्था र जोखिमको स्तरका आधारमा प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचारको काम अघि बढाइने जनाइएको छ। गम्भीर अवस्थामा रहेका घाइतेलाई भने हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याएर विशेषज्ञ उपचार उपलब्ध गराइनेछ।

राहत सामग्री पनि प्रभावित क्षेत्रतर्फ

बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्गबाट विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको गृहमन्त्रालयले जनाएको छ। त्यहाँबाट प्रभावित क्षेत्रको अवस्था र पहुँचका आधारमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री वितरण गर्ने तयारी गरिएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीले रसुवा, नुवाकोटलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। सडक तथा पुलहरू क्षतिग्रस्त हुँदा कतिपय क्षेत्रमा स्थलमार्गबाट उद्धार गर्न कठिनाइ भएपछि हवाई उद्धारलाई प्राथमिकतामा राखिएको छ।

सरकारले तीनवटै सुरक्षा निकाय, निजी क्षेत्रका हवाई साधन तथा उपलब्ध अन्य स्रोत–साधनलाई खोज, उद्धार, उपचार र राहतमा केन्द्रित गरी परिचालन गर्ने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–नारायणी किनारमा ६४ शव फेला, भरतपुर अस्पतालको शवगृह भरियो

 हवाई उद्धार : ‘बस्ती खण्डहर बने, हेलिकप्टर बसाल्ने ठाउँसमेत छैन’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

त्रिशूली–नारायणी किनारमा ६४ शव फेला, भरतपुर अस्पतालको शवगृह भरियो

 हवाई उद्धार : ‘बस्ती खण्डहर बने, हेलिकप्टर बसाल्ने ठाउँसमेत छैन’

भरतपुर अस्पतालको शवगृह भरियो, थप शव राख्न औद्योगिक प्रतिष्ठानको कार्यालय प्रयोग गरिने

हिमपहिरोको आशंका, दोस्रो बाढीको जोखिमबारे वैज्ञानिक अनुसन्धान जारी

भोटेकोशी बाढीप्रति पूर्वराजा ज्ञानेन्द्रको दुःख, खोज–उद्धार तीव्र बनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu