ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 हवाई उद्धार : ‘बस्ती खण्डहर बने, हेलिकप्टर बसाल्ने ठाउँसमेत छैन’


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ७ : १५   बजे

काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन भएका छन्। कैलाश हेलिकप्टरका पाइलट निश्चल अधिकारी बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा पुगेर घाइते तथा जोखिममा परेका नागरिकको उद्धारमा खटिनुभएको छ।

अधिकारीले टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेशी र बेत्रावतीलगायत क्षेत्रबाट घाइतेहरूको हवाई उद्धार गरिरहनुभएको छ। उहाँका अनुसार उद्धार गरिएकामध्ये कतिपय घाइते भएका, हातखुट्टा भाँचिएका तथा माटो र गेग्रानमा पुरिएका अवस्थामा भेटिएका छन्।

“बिहान मानिसहरू ल्याउँदा कोहीलाई चोट लागेको थियो, कोहीको हात भाँचिएको थियो। एकदमै विजोड अवस्था छ। हामी माटोले पुरिएकाहरूको उद्धार गरिरहेका छौँ,” पाइलट अधिकारीले भन्नुभयो।

बिहान गोसाइँकुण्डतर्फको उडानमा रहेका अधिकारी फर्किने क्रममा बाढी आएको सूचना पाएपछि तत्काल उद्धार अभियानमा खटिएको बताइएको छ। दिउँसो ३ बजेसम्म उहाँले प्रभावित क्षेत्रमा तीन पटक उडान गरी घाइते तथा जोखिममा परेका नागरिकको उद्धार गरिसक्नुभएको थियो।

उहाँका अनुसार सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले प्रभावित क्षेत्रमा पुग्ने प्रमुख माध्यम अहिले हवाई उद्धार नै बनेको छ।

‘पहिलेको बाक्लो बस्ती अहिले खण्डहर’

आकाशबाट प्रभावित क्षेत्रको अवस्था हेर्दा पहिले बाक्लो बस्ती रहेका स्थानहरू अहिले पूर्ण रूपमा ध्वस्त भएको पाइलट अधिकारीले बताउनुभयो।

“गाउँहरू कतै पनि छैनन्। पहिले जहाँ बाक्लो बस्ती देखिन्थ्यो, अहिले त्यहाँ खण्डहर मात्रै देखिन्छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार रसुवागढी क्षेत्रदेखि नेपाल–चीन सीमा आसपाससम्म रहेका भन्सार कार्यालय, सवारी पार्किङ, होटल तथा अन्य संरचनामा व्यापक क्षति पुगेको छ।

कैलाश मानसरोवर यात्रामा जाने पर्यटक बस्ने होटलहरू समेत बाढीले बगाएको उहाँले बताउनुभयो। स्याफ्रुबेशी तथा आसपासका क्षेत्रमा रहेका जलविद्युत् आयोजना र संरचनामा समेत गम्भीर क्षति पुगेको अधिकारीको भनाइ छ।

हेलिप्याड छैन, बारीका कान्लामा अवतरण

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य आफैंमा अत्यन्त चुनौतीपूर्ण बनेको छ। पाइलट अधिकारीका अनुसार धेरै स्थानमा हेलिकप्टर अवतरणका लागि उपयुक्त ठाउँसमेत छैन।

उहाँले खोलाको सतहभन्दा करिब २७० फिट माथिसम्म पानीको प्रभाव पुगेको बताउँदै सुरक्षित अवतरणस्थल अभावका कारण बारीका कान्ला तथा उपलब्ध खुला स्थानमा हेलिकप्टर अवतरण गरेर उद्धार गर्नुपरेको जानकारी दिनुभयो।

“हेलिप्याड छैन। बारीका कान्ला–कान्लामा हेलिकप्टर बसालेर मानिसहरूको उद्धार गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

सडकमार्गबाट प्रभावित क्षेत्रमा पुग्न नसकिने अवस्था रहेकाले नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार कार्यलाई निरन्तरता दिइएको छ। उद्धार गरिएका गम्भीर घाइतेलाई आवश्यकताअनुसार काठमाडौंका अस्पतालमा उपचारका लागि पठाइएको बताइएको छ।

भोटेकोशीको विनाशकारी बाढीपछि अहिले पनि प्रभावित क्षेत्रमा फसेका नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

भोटेकोसी बाढीको भयावह क्षति : मृत्यु हुनेको संख्या १६२ पुग्यो, ४१ घाइते (अपडेट)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

भोटेकोसी बाढीको भयावह क्षति : मृत्यु हुनेको संख्या १६२ पुग्यो, ४१ घाइते (अपडेट)

सांसद धनञ्जय रेग्मीले दिए सरकारलाई पूर्वतयारीको चेतावनी-‘४७ एटमबमजस्ता हिमताल’

काठमाडौंसहित ९ जिल्लाका प्रमुख सडकखण्डमा यातायात अवरुद्ध

WHO Declares Uganda Free of Ebola After Recent Outbreak

Pro-Israel Democrats Appointed To Key Roles On House Foreign Affairs Committee

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu