ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ०५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा खटिएका प्रहरीमध्ये २८ जना अझै सम्पर्कविहीनरहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार रसुवा जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरीको अवस्थाबारे खोजी तथा सम्पर्क प्रयास तीव्र पारिएको छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार रसुवामा खटिएका प्रहरीमध्ये ३२ जनासँग सम्पर्क स्थापित भएको छ। तर बाढीले सडक, पुल तथा सञ्चार संरचनामा क्षति पुर्‍याएपछि केही प्रहरीसँग सम्पर्क हुन नसकेको बताइएको छ।

भोटेकोसी नदीमा आएको बाढीपछि उत्पन्न विपत्तिमा उद्धार, खोज तथा राहत कार्यका लागि देशभरबाट ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रका बस्तीमा फसेका नागरिकको उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन तथा राहत वितरणमा प्रहरी सक्रिय रहेको छ।

उद्धारमा चुनौती

बाढीले रसुवा तथा आसपासका जिल्लाका सडक र पुलमा ठूलो क्षति पुर्‍याएकाले प्रभावित क्षेत्रमा पुग्न तथा उद्धार कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ। सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्कविहीन प्रहरीको अवस्थाबारे यथाशीघ्र जानकारी लिने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका साथै नेपाली सेना, सशस्त्र प्रहरी बल र अन्य उद्धार टोलीहरू पनि प्रभावित क्षेत्रमा परिचालन भएका छन्। सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Wildfires Claim At Least 12 Lives in Northeastern Algeria

Brazil Sues Discord Over Alleged Failures to Protect Young Users

Federal Reserve Governor Lisa Cook Defends Against Trump Administration’s Removal Efforts

Northern Nigerian Basketball Initiative Empowers Girls Through Sport

Rastriya Swatantra Party Pledges Rs. 5 Million for Nepal Flood Relief

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu