ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीको भयावह क्षति : मृत्यु हुनेको संख्या १६२ पुग्यो, ४१ घाइते (अपडेट)


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ०५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ।

प्रहरीका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र तथा नदी तटीय जिल्लाहरूमा खोज तथा उद्धार अभियान जारी छ। हालसम्म रसुवामा २ जना, नुवाकोटमा १२ जना, धादिङमा २७ जना, चितवनमा ६४ जना, गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी (पूर्व) मा २६ जना र नवलपरासी (पश्चिम) मा २ जनाको शव फेला परेको छ।

नदी किनारमा खोजी तीव्र

भोटेकोसीबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म बाढीको प्रभाव फैलिएकाले तटीय क्षेत्रहरूमा खोजी अभियान तीव्र पारिएको प्रहरीले जनाएको छ। बाढीसँगै बगेका बेपत्ता नागरिकको खोजीका क्रममा विभिन्न जिल्लाका नदी किनारमा शव फेला परिरहेका छन्।

बाढीका कारण ४१ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

उद्धारमा ३ हजार ३१८ प्रहरी परिचालन

विनाशकारी बाढीपछि उद्धार, राहत तथा सहायताका लागि नेपाल प्रहरीले देशभरबाट ३ हजार ३१८ जना प्रहरी परिचालन गरेको छ। प्रहरी टोलीले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा सहयोग गरिरहेको छ।

बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका विभिन्न जिल्लामा व्यापक मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नदी किनार तथा प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्य अझै जारी रहेको नेपाल प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीनको भीषण बाढीप्रति गुटेरेसको दुःख, राष्ट्रसंघबाट सहयोगको प्रतिबद्धता

 मकवानपुरका ४० जनाको अवस्था बुझ्न प्रशासनसँग आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Flash Floods Claim 162 Lives, Rescue Efforts Continue

Nepal Seeks Climate Justice as Vulnerable Nation Faces Mounting Impacts

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

Nepal Telecom, Ncell Offer Free Services After Deadly Floods

नेपाल–चीनको भीषण बाढीप्रति गुटेरेसको दुःख, राष्ट्रसंघबाट सहयोगको प्रतिबद्धता

उपमेयरमाथि कर्मचारीमाथि हातपात गरेको आरोप, भनिन्– ‘कुटपिट गरेको होइन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu