काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डमा थप सूचना जारी नभएसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएकोनेपाल प्रहरीले जनाएको छ।
लगातारको वर्षासँगै सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्ने तथा अन्य सम्भावित जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।
विशेषगरी रातिको समयमा सडकको अवस्था तथा सम्भावित जोखिम पहिचान गर्न कठिनाइ हुने भएकाले दुर्घटना र मानवीय क्षति हुन नदिन सवारी आवागमन रोकिएको हो।
अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
नेपाल प्रहरीले अत्यावश्यक कामबाहेक उक्त सडकखण्ड हुँदै यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सम्भावित बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा चालकलाई सुरक्षित स्थानमै रहन पनि अपिल गरिएको छ।
वर्षाले बढायो पहिरोको जोखिम
मुग्लिन–नारायणगढ सडकखण्डमा लगातार वर्षा भइरहेकाले पहिरो खस्ने जोखिम बढेको प्रहरीले जनाएको छ। सडकको अवस्था सुरक्षित भएपछि र जोखिमको पुनर्मूल्याङ्कन गरिएपछि मात्र सवारी सञ्चालनसम्बन्धी थप सूचना जारी गरिने बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्