ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : सर्वदलीय बैठकबाट १० बुँदे संयुक्त अपिल जारी


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १२ : १५   बजे

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीपछि आज बसेको सर्वदलीय बैठकले १० बुँदे संयुक्त अपिल जारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो।

संयुक्त अपिलमा विपद्को समयमा गरिने सहयोगलाई राजनीतिक लाभ वा स्वार्थपूर्तिको माध्यम नबनाउन आग्रह गरिएको छ। राहत तथा आर्थिक सहायता संकलन गर्दा सरकारले तोकेको एकद्वार प्रणालीको पूर्ण पालना गर्न पनि अपिल गरिएको छ।

त्यस्तै, सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गर्दा संवेदनशील विषयमा विशेष सावधानी अपनाउन तथा अपुष्ट सूचना फैलिन नदिन आग्रह गरिएको छ।

शीर्ष नेताको हस्ताक्षर

संयुक्त अपिलमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका तर्फबाट चन्दन सिंहले हस्ताक्षर गरेका छन्।

राहत र पुनःनिर्माणमा सहकार्य

बैठकमा सहभागी दलहरूले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको जीवनरक्षा, तत्काल उद्धार, राहत वितरण तथा दीर्घकालीन पुनःनिर्माणमा एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

रास्वपा सभापति लामिछानेले विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै राजनीतिक मतभेदभन्दा माथि उठेर सबै दल र पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका थिए। सोहीअनुसार सर्वदलीय बैठक बोलाइएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu