ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १ : ४५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। बाढीपीडितको सहयोगका लागि पछिल्लो समय नेपाली कलाकार तथा मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरू पनि सक्रिय रूपमा जुटिरहेका छन्। उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग गर्दै आम नागरिकलाई समेत सकेको सहयोग गर्न अपिल गरेका छन्।

विराज भट्टदेखि रचना रिमालसम्मको सहयोग

अभिनेता विराज भट्टले सरकारको राहत कोषमा एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग गरेको रकमको विवरण सार्वजनिक गर्दै विपद्को घडीमा सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

त्यस्तै, हाल अस्ट्रेलियामा रहेकी गायिका रचना रिमालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेकी छन्। उनले कठिन परिस्थितिमा राज्यका संयन्त्र उद्धार, राहत तथा पुनःस्थापनामा परिचालित भइरहेका बेला नागरिकको हैसियतले पनि पीडितको दुःखमा साथ दिनुपर्ने बताएकी छन्।

रिमालले सामाजिक सञ्जालमा आफूले सकेको आर्थिक सहयोग गरेको जानकारी दिँदै देशका नागरिकको दुःख र पीडामा सबैले आफ्नो क्षमता अनुसार साथ दिनुपर्ने उल्लेख गरेकी छन्। उनले अर्को सूचना नआएसम्मका लागि अस्ट्रेलियामा तय भएका आफ्ना कार्यक्रमसमेत स्थगित गरिएको जानकारी दिएकी छन्।

नीता ढुंगाना र अनमोल केसीको साथ

अभिनेत्री नीता ढुंगानाले पनि बाढीपीडित तथा प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्रीको राहत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेकी छन्।

अभिनेता अनमोल केसीले पनि राहत कोषमा आर्थिक सहयोग गरेका छन्। उनले सहयोग गरेको रकम भने सार्वजनिक गरेका छैनन्। सामाजिक सञ्जालमार्फत आफ्नो सहयोगबारे जानकारी दिँदै उनले विपत्तिले कुनै पनि बेला जोसुकैलाई प्रभावित पार्न सक्ने भएकाले पीडितको साथमा उभिन सबैलाई आग्रह गरेका छन्।

उनले रकम सानो वा ठूलो हुनुभन्दा पनि सहयोग गर्ने भावना महत्वपूर्ण हुने उल्लेख गर्दै सरकारले उपलब्ध गराएको आधिकारिक माध्यमबाट सक्दो सहयोग गर्न अपिल गरेका छन्।

मदनकृष्ण र हरिवंशको संयुक्त सहयोग

कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा प्रधानमन्त्री राहत कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, अभिनेत्रीहरू ऋचा शर्मा, सुरक्षा पन्त, आँचल शर्मालगायतले पनि सामाजिक सञ्जालमार्फत आफूहरू बाढीपीडितको सहयोगमा जुटेको जानकारी दिएका छन्। गायक प्रमोद खरेल, बद्री पंगेनीलगायत कलाकारहरूले समेत प्रभावितको सहयोगका लागि आफ्नो तर्फबाट योगदान गरेको बताएका छन्।

कला तथा मनोरञ्जन क्षेत्रमा आबद्ध धेरै व्यक्तित्वहरूले विपद्को यस कठिन घडीमा बाढीपीडितलाई सहयोग गर्न आम नागरिकलाई पनि आह्वान गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा ठूलो क्षति

रसुवा जिल्लाका विभिन्न स्थानमा आएको बाढीले घर, जग्गा, कृषि भूमि तथा विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण थुप्रै परिवार विस्थापित भएका छन् भने प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता देखिएको छ।

विपत्तिपछि सरकारी निकाय, सुरक्षाकर्मी, स्थानीय समुदाय तथा विभिन्न संघसंस्था उद्धार र राहत कार्यमा जुटिरहेका छन्। कलाकारहरूको आर्थिक सहयोग र सामाजिक सञ्जालमार्फत गरिएको आह्वानले समेत बाढीपीडितका लागि सहयोग जुटाउने अभियानलाई थप बल पुगेको छ।

विपत्तिको घडीमा नेपाली कलाकारहरूले देखाएको ऐक्यबद्धताले पीडित परिवारलाई राहत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कलाकारहरूले पनि सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न आग्रह गर्दै बाढीपीडितको पुनःस्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu