ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपर त्रिशूली–३ ‘ए’ मा सेनाको हेलिकप्टर अवतरण, उद्धार र क्षति मूल्यांकन सुरु


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १२ : ३५   बजे

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार बिहान आयोजना स्थलमा सफलतापूर्वक अवतरण गरेको छ।

प्रतिकूल मौसमका कारण बुधबार दुईपटक हेलिकप्टर अवतरणको प्रयास असफल भएको थियो। बिहीबार बिहान भने हेलिकप्टर अवतरण गर्न सफल भएपछि त्यहाँ पुगेको टोलीले आयोजनाको अवस्था र बाढीबाट भएको क्षतिको स्थलगत मूल्यांकन थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा उद्धार, स्थलगत निरीक्षण तथा विद्युत् पुनर्स्थापनालाई तीव्रता दिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।टोलीमा प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणालगायत सहभागी छन्।

वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति

यसैबीच, बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनःस्थापना गरिएको छ। खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सञ्चालन भइसकेको प्राधिकरणले जनाएको छ।नुवाकोटका अन्य प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाका लागि चपली–देवीघाट ६६ केभी तथा बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने तयारी भइरहेको छ। यसका लागि प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिएको छ।

क्षति मूल्यांकनपछि पुनर्निर्माण

आयोजनास्थल पुगेको टोलीले बाढीबाट क्षतिग्रस्त संरचनाको विस्तृत निरीक्षण तथा मूल्यांकन गर्नेछ। त्यसका आधारमा पुनर्निर्माण तथा विद्युत् प्रणालीमा पुनःजडानको योजना अघि बढाइनेछ। नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक उपाय अपनाइरहेको जनाएको छ। साथै, बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu