काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका ४६ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। नुवाकोटमा रहेको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो।
प्राधिकरणका अनुसार बाढीका कारण आयोजनाको पावर हाउस र ड्याम क्षेत्रमा कार्यरत कर्मचारीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा स्थायी कर्मचारी, दैनिक ज्यालादारीमा कार्यरत तथा सेवा सम्झौतामार्फत काम गरिरहेका कर्मचारीसमेत छन्।
सम्पर्कविहीन हुनेको सूचीमा सहायक प्रबन्धक विनोदकुमार पाण्डे, इन्जिनियर दिलिप यादव, राजेन्द्र ढकाल, महेन्द्र विक्रम शाही, सहायक इन्जिनियर सन्तोषकुमार ठाकुर, इन्द्र अधिकारी र ओमप्रकाश चौधरीलगायत छन्।
त्यस्तै, सुपरभाइजर खेमराज भट्टराई, विकास यादव, रमेशकुमार यादव, विष्णु भण्डारी, अनिता तामाङ र सौगरथ यादव पनि सम्पर्कविहीन छन्।
विभिन्न पदका कर्मचारी सम्पर्कविहीन
फोरम्यान हरिबहादुर बोगटी, सन्जय साह, रमिला भण्डारी, रोबन पराजुली, सूर्यबहादुर केसी तथा फोरम्यान चालक खगेन्द्र मगराती पनि सम्पर्कमा छैनन्।
त्यसैगरी इलेक्ट्रिसियन नारायणप्रसाद अर्याल, जुनियर मिस्त्री अमरकान्त चौधरी, देव गिरी, सुदिपकुमार श्रेष्ठ र जितेन्द्रकुमार गुप्ता पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
आयोजनामा कार्यरत अस्मिता लामा, कबिर महर्जन, तेजबहादुर जुरेल, जीवलाल अधिकारी, तिलबहादुर राना, कृतसिंह विष्ट र निरजबाबु रेग्मी पनि हालसम्म सम्पर्कमा आएका छैनन्।
त्यस्तै शर्मिला अधिकारी, राजकुमार भट्टराई, कान्छी गुरुङ चौधरी, शान्ति माया तामाङ, रामशरण न्यौपाने, झपटबहादुर घर्ती र अस्मिता लामा पनि सम्पर्कविहीन सूचीमा रहेका छन्।
आयोजनाको सुरक्षामा खटिएको गोरखाली योद्धा कम्पनीका सात जना सुरक्षा गार्डसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्