ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १२ : ४५   बजे

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरकका रूपमा नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ। कम्पनीले बक्स ई२ लाई ३३० र ४३० गरी दुई भेरियन्टमा सार्वजनिक गरेको हो।

नाडा अटो शो अवधिभर बक्स ई२ ३३० को विशेष मूल्य २९ लाख ९९ हजार रुपैयाँ र बक्स ई२ ४३० को ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोपछि यी दुई भेरियन्टको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ। सिल्भर तथा डुअल–टोन रङका लागि थप ५० हजार रुपैयाँ शुल्क लाग्नेछ।

नयाँ बक्स ई२ मा के छ?

सन् २०२४ मा नेपाली बजारमा आएको नामी बक्सले आकर्षक डिजाइन, फराकिलो क्याबिन, विभिन्न रङ विकल्प र व्यावहारिक ड्राइभिङ रेन्जका कारण बजारमा राम्रो उपस्थिति बनाएको कम्पनीको दाबी छ।

नयाँ बक्स ई२ लाई प्रतिस्पर्धी मूल्यमा ल्याउने क्रममा अघिल्लो मोडलमा रहेका केही सुविधा हटाइएको छ। कम्पनीका अनुसार नयाँ संस्करणमा लेभल–२ एडीएएस, स्वचालित पार्किङ र एम्बियन्ट लाइटिङ उपलब्ध छैन।

तर, नयाँ मोडलमा डार्क मोड, इन–बिल्ट कारप्ले र ६ वटा एयरब्याग उपलब्ध छन्। साथै, पाँच जनासम्म यात्रुका लागि फराकिलो तथा आरामदायी क्याबिनलाई निरन्तरता दिइएको छ।

३१७ किलोमिटरसम्म डब्लुएलटीपी रेन्ज

बक्स ई२ ३३० ले २३७ किलोमिटर डब्लुएलटीपी रेन्ज प्रदान गर्छ भने बक्स ई२ ४३० ले ३१७ किलोमिटर डब्लुएलटीपी रेन्ज दिने कम्पनीले जनाएको छ।

यसका आधारमा ग्राहकले आफ्नो दैनिक आवतजावत र प्रयोगको आवश्यकताअनुसार दुईमध्ये उपयुक्त भेरियन्ट छनोट गर्न सक्नेछन्।

नाडा अटो शोमा अवलोकन र बुकिङ

कम्पनीका अनुसार हाल नेपालका सडकमा २ हजारभन्दा बढी नामी इलेक्ट्रिक सवारीसाधन सञ्चालनमा छन्।

नयाँ नामी बक्स ई२ को अवलोकन, टेस्ट अनुभव तथा बुकिङका लागि ग्राहकले नाडा अटो शो २०२६ को स्टल नम्बर ए६ र ए७ मा सम्पर्क गर्न सक्नेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu