ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १२ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ।

न्यायाधीश नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो।

देउवा र खड्काले असोजमा गर्ने गरी घोषणा गरिएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम रोक्न अन्तरिम आदेश माग गरेका छन्। साथै, यसअघि मुद्दा हेरेका पाँच न्यायाधीशबाहेकको इजलासमा सुनुवाइ हुनुपर्ने मागसमेत उनीहरूको छ।

विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा नेतृत्वको वैधानिकतामाथि प्रश्न उठेको र उक्त विषयमा पुनरावलोकनको आदेशसमेत भइसकेकाले मुद्दाको अन्तिम टुंगो नलागेसम्म अर्को महाधिवेशन गर्न नमिल्ने देउवा–खड्काको जिकिर छ।

निर्वाचन आयोगको निर्णय र पुनरावलोकन

विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई २०८२ माघ २ गते निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यावधिक गरेको थियो। त्यसविरुद्ध परेको विवादमा सर्वोच्च अदालतको संयुक्त इजलासले २०८३ वैशाख ४ गते आयोगको निर्णय सदर गरेको थियो।

तर, उक्त फैसलामा प्रश्न उठाउँदै देउवा र खड्काले पुनरावलोकन निवेदन दिएपछि प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ।

यही अवस्थामा आयोगको निर्णय र संयुक्त इजलासको फैसला कार्यान्वयन हुन नसक्ने उनीहरूको दाबी छ। मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउँदा रिटको प्रयोजन नै समाप्त हुने भन्दै महाधिवेशनसँग सम्बन्धित सबै काम कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको हो।

यदि यही कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाउन दिइए अदालतमा विचाराधीन मुद्दा नै प्रयोजनविहीन हुने उपसभापति खड्काको दाबी छ।

रिटमा कांग्रेस सभापति गगन थापा, निर्वाचन आयोग, उपसभापति विश्वप्रकाश शर्मा तथा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई विपक्षी बनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu