सिन्धुपाल्चोक । भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कालिका कन्स्ट्रक्सनले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष विक्रम पाण्डेले बिहीबार प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्नुभएको हो। बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको अध्यक्ष पाण्डेले बताउनुभएको छ।
रसुवा, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लामा भदौ १० गते बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार अपराह्नसम्म बाढीमा परी २७० जनाको शव फेला परेको छ भने एक हजार ४३३ जना अझै सम्पर्कविहीन रहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्