ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, पूर्वी नवलपरासीमा थप ८१ शव फेला


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ४ : २५   बजे

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउने व्यक्तिको संख्या २८९ पुगेको छ। बाढीले बगाएका व्यक्तिहरूको खोजीका क्रममा विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार आज थप ८१ जनाको शव फेला परेको छ। तीमध्ये ५५ वटा शव पूर्वी नवलपरासीका विभिन्न सात अस्पतालमा राखिएको छ भने बाँकी २६ वटा शव घटनास्थलमै रहेका छन्। ती शवलाई आवश्यक प्रक्रिया पूरा गरी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

८१ शवमध्ये २२ महिला

पूर्वी नवलपरासीमा फेला परेका ८१ शवमध्ये २२ महिला, ३३ पुरुष, ६ बालक र ९ बालिका रहेका छन्। ११ वटा शवको भने पहिचान गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ।

बेपत्ता भएकाहरूको खोजी कार्य निरन्तर जारी रहेको र पहिचान नभएका शवको विवरण संकलन तथा सनाखतको प्रक्रिया अघि बढाइएको बताइएको छ।

यसअघि चितवनमा १०८ जनाको शव फेला परिसकेको छ। त्यसैगरी पश्चिम नवलपरासीमा १५, धादिङमा २७, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा १७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीको बहावसँगै शव विभिन्न जिल्लाका नदी किनार तथा तटीय क्षेत्रमा पुगिरहेको हुँदा खोजी कार्य प्रभावित क्षेत्रभन्दा टाढासम्म विस्तार गरिएको छ।

बाढीले बगाएर बेपत्ता भएका व्यक्तिको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीहरू परिचालित छन्। नदी आसपास तथा तटीय क्षेत्रमा निरन्तर खोजी भइरहेको प्रहरीले जनाएको छ।

विभिन्न स्थानमा अझै शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ। बेपत्ता व्यक्तिको खोजी, शवको पहिचान तथा पीडित परिवारको व्यवस्थापनका लागि सम्बन्धित निकायहरू निरन्तर खटिएको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Norway’s King Harald Condition ‘Extremely Serious,’ Palace Announces

Germany Explores Funding UK’s Trident Nuclear Program Amidst Shifting Security Landscape

Historic German Winery Faces Bankruptcy Amid Economic Downturn

Iranian Businesses Adopt Installment Plans Amid Sanctions and Economic Strain

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu