ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ५ : ३५   बजे

काठमाडौं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायात क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति पुग्नुका साथै चालक, सहचालक र सवारी मजदुरसमेत सम्पर्कविहीन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार बाढीबाट सार्वजनिक सवारीसाधनमा पुगेको क्षतिको यकिन विवरण अझै प्राप्त भइसकेको छैन। प्रारम्भिक विवरण भने आउने क्रम जारी रहेको उहाँले बताउनुभएको छ।

महासंघको आपत्कालीन कार्यसमिति बैठकले बाढीबाट क्षति भएका सवारीसाधनको विवरण संकलन गर्न केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिले बाढीपीडित यातायात व्यवसायी तथा मजदुरको अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गर्नेछ।

अध्यक्ष सिटौलाका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका २५ वटा बसको अवस्था अज्ञात छ। ती बसमा सवार यात्रु तथा ५० जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभएको छ।

त्यस्तै, नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन तथा ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि हालसम्म जानकारी प्राप्त हुन सकेको छैन।

नुवाकोट क्षेत्रमा ठूलो संख्यामा बस, माइक्रोबस तथा मालवाहक सवारीसाधन प्रभावित भएको र ती सवारीमा कार्यरत चालक, सहचालक तथा मजदुरको अवस्थासमेत अज्ञात रहेको महासंघले जनाएको छ।

अध्यक्ष सिटौलाले विपद्को यस कठिन घडीमा उद्धार तथा जोखिम न्यूनीकरणका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ।

बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। विपद्पछिको खोज तथा उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका विभिन्न संयन्त्र परिचालन भएका छन्।

क्षतिको विवरण संकलन तीव्र

महासंघले गठन गरेको समितिले बाढीबाट क्षति भएका सार्वजनिक सवारीसाधनको विस्तृत विवरण संकलन सुरु गरेको छ। समितिले सम्पर्कविहीन बस, माइक्रोबस तथा अन्य सवारीसाधनको अवस्था बुझ्नुका साथै ती सवारीमा रहेका यात्रु, चालक, सहचालक तथा कर्मचारीको अवस्थाबारे समेत जानकारी जुटाइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत गर्न जय नेपाल पार्टीको माग

हिमाली क्षेत्रमा हिमनदी खसेपछि आएको बाढी: वैज्ञानिक विश्लेषण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत गर्न जय नेपाल पार्टीको माग

हिमाली क्षेत्रमा हिमनदी खसेपछि आएको बाढी: वैज्ञानिक विश्लेषण

बाढी प्रभावित क्षेत्रमा ३ सय ५९ शव भेटियो (अपडेट)

विदुर ७ का वडाध्यक्ष नेपाल भन्छन्- हराएकाहरूको अत्तोपत्तो छैन

अख्तियारका पदाधिकारी र कर्मचारीहरूले उद्धार कोषमा रकम जम्मा गर्ने

विपद्कालीन सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu