ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमाली क्षेत्रमा हिमनदी खसेपछि आएको बाढी: वैज्ञानिक विश्लेषण


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ६ : ०५   बजे

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा हालै आएको विनाशकारी बाढीबारे अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय वैज्ञानिक तथा अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले घटनासम्बन्धी प्रारम्भिक तथ्य सार्वजनिक गरेका छन्।

वैज्ञानिकहरूका अनुसार अगस्ट २६ अर्थात् बुधबार स्थानीय समयअनुसार बिहान ८ः३७ बजे हिमाली क्षेत्रमा करिब एक किलोमिटर उचाइबाट हिमनदीको ठूलो भाग टुक्रिएर तल उपत्यकामा खसेको थियो।

प्रारम्भिक चरणमा यूएसजीएसले उक्त घटनालाई ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा दर्ता गरेको थियो। तर, लामो अवधिका भूकम्पीय तरंग तथा भूउपग्रहबाट प्राप्त तस्बिरको विस्तृत अध्ययनपछि वैज्ञानिकहरूले यो प्राकृतिक भूकम्प नभई हिमनदी भत्किँदा उत्पन्न करिब ५.२ म्याग्निच्युड बराबरको शक्तिशाली भूकम्पीय कम्पन भएको निष्कर्ष निकालेका छन्।

बाढीको वास्तविक कारण र घटनाक्रमबारे भने वैज्ञानिकहरूले थप अध्ययन गरिरहेका छन्।

हिमनदी खस्दा ठूलो पहिरो गएको हुनसक्ने

क्यानडाको क्यालगरी विश्वविद्यालयका भूगर्भविद् ड्यानियल सुगरका अनुसार हिमनदी खस्दा उत्पन्न विशाल ऊर्जाका कारण त्यही समयमा ठूलो पहिरो गएको हुनसक्ने अनुमान गरिएको छ।

हिउँ र चट्टान अत्यधिक वेगमा तल खस्दा उत्पन्न घर्षण तथा तापका कारण हिउँ पग्लिएको र त्यसले बाटोमा रहेका लेदो तथा माटोसमेत सोहोरेर महाविनाशकारी बाढीको रूप लिएको वैज्ञानिकहरूको प्रारम्भिक विश्लेषण छ।

तर हिमाली क्षेत्रमा यति ठूलो परिमाणमा पानी कसरी र कहाँबाट उत्पन्न भयो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। बाढीको सम्पूर्ण भौगर्भिक प्रक्रिया तथा पानीको वास्तविक स्रोतबारे निष्कर्ष निकाल्न थप भूउपग्रह तस्बिर, स्थलगत अध्ययन तथा जलविज्ञानसम्बन्धी तथ्य आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन्।

विस्तृत अध्ययन जारी

वैज्ञानिकहरूले हालसम्म प्राप्त तथ्यका आधारमा घटनाको प्रारम्भिक विश्लेषण गरे पनि विस्तृत अध्ययन जारी रहेको जनाएका छन्।

बाढीको वास्तविक कारण, पानीको स्रोत तथा घटनाले पारेको भौगर्भिक प्रभावबारे थप तथ्य संकलन भइरहेको छ। भविष्यमा यस्ता जोखिम पहिचान तथा न्यूनीकरणका लागि समेत थप वैज्ञानिक अध्ययन आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

भोटेकोसी बाढीले रसुवामा ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल भत्किए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

भोटेकोसी बाढीले रसुवामा ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल भत्किए

भोटेकोसी बाढीले ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल भत्किए

नेपालमा २८८ भारतीय नागरिक बेपत्ता, चीनमा २०० जना अलपत्र

पत्रकार टेकराज थामी केरुङबाट फर्किने क्रममा सम्पर्कविहीन

भोटेकोसी बाढीले रसुवामा ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल भत्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu