ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्धार र राहत पूरा नभएसम्म राज्यका सबै संयन्त्र परिचालन हुन्छन् : प्रधानमन्त्री शाह


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ११ : ०५   बजे

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर परिचालन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौँ फर्किएलगत्तै प्रधानमन्त्री शाहले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। नुवाकोटमा उहाँले पीडित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिनुभएका व्यक्तिसँग प्रत्यक्ष रूपमा अवस्थाबारे जानकारी लिनुभएको थियो।

अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको बताउनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘हाम्रो पहिलो प्राथमिकता प्रत्येक नागरिकको जीवनरक्षा गर्नु, बेपत्ता भएका व्यक्तिको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु र प्रभावित परिवारहरूलाई तत्काल राहत उपलब्ध गराउनु हो।’

१३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सरकारले खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताउनुभएको छ। त्यसअनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

परिचालित सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना छन्।

प्रधानमन्त्रीका अनुसार शुक्रबार मात्रै ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको छ। थप हेलिकप्टर तयारी अवस्थामा राखिएको तथा निजी हेलिकप्टरलाई समेत सरकारी कमान्ड र समन्वय प्रणालीअन्तर्गत उद्धार तथा राहतमा परिचालन गरिएको छ।

हवाई उद्धारमा बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।

३ हजार ५०० जनाका लागि अस्थायी आवास

रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी रहेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ।

करिब ३ हजार ५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ।

प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ।

चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायत राहत सामग्रीसहित १० ट्रक सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत समेत प्रभावित क्षेत्रमा पुर्‍याइँदैछ।

प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी तथा अन्य आधारभूत सेवाको व्यवस्था गरिएको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाले पनि राहत वितरणमा सहयोग गरिरहेका छन्।

रेडक्रसमार्फत करिब ३० हजार मानिसलाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको छ।

अस्पताललाई तयारी अवस्थामा राखियो

स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई आवश्यक उपचारका लागि तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने मेसिनलगायत अत्यावश्यक सामग्री हवाई तथा स्थलमार्गबाट पठाइँदैछ।

विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट ‘भीष्म क्युब’समेत त्रिशूलीतर्फ पठाइसकिएको छ।

७० भन्दा बढी दूरसञ्चार साइट बन्द

प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनालाई पनि उच्च प्राथमिकता दिइएको छ।

प्रधानमन्त्रीका अनुसार नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएका छन्। प्राविधिक टोली, जेनेरेटर तथा ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याएर सेवा पुनःस्थापनाको काम भइरहेको छ।

प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ। नेपाल टेलिकमले दैनिक २ जीबी डेटा, ५० एसएमएस तथा निःशुल्क कल सुविधा उपलब्ध गराएको छ भने एनसेलले पनि निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सुविधा उपलब्ध गराएको छ।

अस्थायी मोबाइल कनेक्टिभिटी तथा चार्जिङ सुविधा विस्तार भइरहेको छ। सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको तत्काल पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको छ।

प्रभावित क्षेत्रमा इन्धन आपूर्ति सहज बनाइँदै

प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन आवश्यक व्यवस्था गरिएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ।

नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा २३ हजार लिटर डिजेल र ६ हजार लिटर पेट्रोल मौज्दात रहेको छ। शुक्रबार थप १५ हजार लिटर डिजेल र १५ हजार लिटर पेट्रोल पठाइएको छ।

यस्तै, हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको छ।

प्रभावित क्षेत्रको वास्तविक अवस्था तथा क्षतिको यथार्थ विवरण संकलन गर्न ड्रोनको समेत प्रयोग भइरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा बनेको ताल फुटेको खबरपछि गोसाइँकुण्ड गाउँपालिकाको सतर्कता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसीमा बनेको ताल फुटेको खबरपछि गोसाइँकुण्ड गाउँपालिकाको सतर्कता

रसुवाका सीडीओ भन्छन्- चीनतर्फ ताल फुटेको सूचना आयो, पानीको सतह बढ्न थाल्यो

भोटेकोसी बाढी : नुवाकोटमा आफन्तको खोजीमा पुगेका परिवार, ९७७ अझै बेपत्ता

Thousands Protest in Jakarta Demanding Anti-Corruption Measures

भारतमा नेपाली बाढीको असर, सीमावर्ती क्षेत्रमा ७ शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu