काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना आएको जानकारी दिए ।
“ताल फुटेको भन्ने सूचना आएको छ । पानीको सतह पनि बढ्न थालेको छ । सतर्क रहनुपर्ने अवस्था छ,” उनले बाह्रखरीसँग भने ।
चीनतर्फबाट तीन दिन ठूलो पानी पर्ने सूचना बिहीबार नै गराएको उनले बताए ।
“तीन दिन पानी पर्ने सूचना हिजै आएको छ । मौसम पनि त्यस्तै छ,” उनले भने ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्