ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर मानवीय सहायता दिने


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १२ : ४५   बजे

काठमाडौँ । अस्ट्रेलियाले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ५० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अस्ट्रेलियन सरकारले उक्त सहायता घोषणा गरेको हो। नेपालमा आएको बाढीका कारण ३९ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन भएको जनाइएको छ। उनीहरूको अवस्थाबारे हालसम्म जानकारी प्राप्त हुन सकेको छैन। अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले नेपालमा बाढीबाट प्रभावित मानिसहरूलाई तत्काल सहायता उपलब्ध गराउन अस्ट्रेलिया तयार रहेको बताएकी छन्। प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकलाई तत्काल सहयोग आवश्यक परेमा अस्ट्रेलियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेडको २४ घण्टे कन्सुलर इमर्जेन्सी सेन्टरमा सम्पर्क गर्न सकिने जनाइएको छ। अस्ट्रेलियाभित्रबाट १३०० ५५५ १३५ तथा अस्ट्रेलियाबाहिरबाट +६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्न सकिनेछ। अस्ट्रेलिया सरकारले उपलब्ध गराउने सहायता बाढीका कारण घरबास गुमाएका नेपाली नागरिकलाई तत्काल राहत उपलब्ध गराउन केन्द्रित हुने जनाएको छ। साथै, खोज तथा उद्धार कार्यमा सहयोग गर्नुका साथै प्रभावित क्षेत्रको पुनर्स्थापना प्रक्रियालाई गति दिन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu