सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी क्षेत्रका चारजनासँग भने परिवारको सम्पर्क भइसकेको छ। बाँकी सम्पर्कविहीनको खोजी भइरहेको छ। प्रहरीका अनुसार नवराज ढकाल, देवानन्दन यादव, जीवन सिंह र सञ्जित नारायण परिवारको सम्पर्कमा आएका हुन्। यस्तै सचिन गौतम, मुकेश नेपाल, धिरज साह, श्यामनारायण साह, मीना बजगाईँ, छवि केशर काफ्ले, मणि करण राई, नेपाली सेनामा लेस नायक पदमा कार्यरत प्रभाकर दङ्गाल, पुष्पराज भट्टराई, दिनेशकुमार चौधरी, भुवनबहादुर श्रेष्ठ, रविनाकुमारी धामी, अमरबहादुर खड्का, मनमाया खड्का र मोहन माझीसँग भने अझै सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सुनसरीका नागरिकको अवस्थाबारे जानकारी लिन तथा उनीहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको छ। प्राकृतिक विपद्का कारण सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय भइरहेको सूचना अधिकारी खड्काले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्