ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिब्बतमा थुनिएको ताल भरिएर पानी बग्न थालेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १ : ५५   बजे

 

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेपछि नेपालतर्फ फेरि बाढीको जोखिम बढेको छ। नेपालको परराष्ट्र मन्त्रालयबाट प्राप्त सूचनाका आधारमा बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज बिहान १ः०३ बजे जारी गरेको सूचनामा भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेको जानकारी प्राप्त भएको जनाएको छ। त्यसैले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म अर्को सूचना जारी नभएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। यसअघि भदौ १० गते पनि सोही क्षेत्रबाट आएको भीषण बाढी रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको थियो। उक्त बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको थियो। तिब्बतमा ल्हेन्दे खोला थुनिएर बनेको अस्थायी तालमा पानीको मात्रा बढ्दै गएपछि अहिले पानी बाहिर बग्न थालेको जानकारी आएको हो। यससँगै भोटेकोसी हुँदै त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा रहेका बस्ती, उद्धार तथा राहतमा खटिएका टोली र सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। नदीको बहाव बढेको अवस्थामा तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान र नदी किनारमा नजान सम्बन्धित निकायले अनुरोध गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साना हिमताल फुट्दा भोटेकोसीमा लेदोसहित पानीको बहाव बढेको सरकारको भनाइ

मधेशमा ७६ लेखा कर्मचारीको एकैपटक सरुवा, २३ अधिकृतसहित ४३ लेखापाल र १० सहलेखापाल फेरिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

साना हिमताल फुट्दा भोटेकोसीमा लेदोसहित पानीको बहाव बढेको सरकारको भनाइ

मधेशमा ७६ लेखा कर्मचारीको एकैपटक सरुवा, २३ अधिकृतसहित ४३ लेखापाल र १० सहलेखापाल फेरिए

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

भोटेकोसीमा ठूलो बाढीको जोखिम नदेखिएको स्थानीय टोलीको निष्कर्ष, तटीय क्षेत्रमा सतर्कता (भिडियो)

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu