वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीपछि नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्। अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। ट्रम्पले आफूले नेपाली अधिकारीहरूसँग कुराकानी गरेको र बाढीबाट भएको क्षतिबारे जानकारी लिएको बताएका छन्। त्यसपछि नेपाललाई आवश्यक पर्ने “जुनसुकै सहयोग” उपलब्ध गराउने अमेरिकी तयारी रहेको उनले जानकारी दिएका हुन्। नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकै अवस्थामा अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई सहयोग र ऐक्यबद्धता व्यक्त हुने क्रम बढेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्