ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १२ : ४५   बजे

पोखरा । नेपालमा आएको भीषण बाढीपछि भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदीमा ७ वटा शव फेला परेका छन्।भारतीय सञ्चारमाध्यम बीबीसी हिन्दीका अनुसार महाराजगन्जमा चार र कुशीनगरमा तीन शव फेला परेका हुन्। फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुष रहेका छन्। सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा तैरिरहेको अवस्थामा शव फेला पारेको थियो। मोटरबोटको प्रयोग गरी शव निकालेर महाराजगन्ज र कुशीनगर जिल्ला सदरमुकाम पुर्‍याइएको छ। महाराजगन्जको निचलौल तहसिलका उपजिल्ला मजिस्ट्रेट सिद्धार्थ गुप्ताका अनुसार बिहीबार दिउँसो गण्डक नदीबाट चार शव बरामद भएका हुन्। तीमध्ये तीन महिला र एक पुरुष छन्। उनले शवहरू माथिल्लो नेपालबाट बगेर आएको हुन सक्ने सम्भावना रहेको बताएका छन्। शवको पहिचान हुन सकेको छैन भने भारतीय प्रशासनले नेपाली प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। यस्तै, कुशीनगरमा फेला परेका तीन शवमध्ये दुई महिला र एक पुरुष रहेका छन्। कुशीनगरका अतिरिक्त प्रहरी अधीक्षक सिद्धार्थ वर्माका अनुसार तीनै शवलाई फ्रिजरमा सुरक्षित राखिएको छ र पहिचान प्रक्रिया अघि बढाइएको छ। नेपालमा आएको बाढीपछि नदीको बहावसँगै मानव शवसमेत भारततर्फ पुगेको हुनसक्ने आशंका गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

आज जनैपूर्णिमा पर्व मनाइँदै

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu