काठमाडौँ । हिमालय अर्गनाइजेसनअन्तर्गत म्याक्सस नेपालले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। म्याक्सस नेपालले साइक म्याक्सस अटोमोटिभ कम्पनी लिमिटेड, चीनसँगको समन्वयमा उक्त सहयोग गर्ने निर्णय गरेको हो। घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ। त्यस्तै, बाँकी २० लाख रुपैयाँबराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रभावित क्षेत्रमा वितरण गरिनेछ। राहत सामग्री सामाजिक संस्था तथा सम्बन्धित स्थानीय सरकारसँगको समन्वयमा वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विपद्बाट सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका क्षेत्र पहिचान गरी राहत सामग्री वितरण गरिनेछ। सहयोगले बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न केही राहत पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्