ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १ : ५५   बजे

रसुवाको बाढीमा ७०० भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीले चीनबाट नेपाल ल्याइँदै गरेका ७०० भन्दा बढी सवारी साधन बगाएको प्रारम्भिक अनुमान गरिएको छ। दशैं–तिहारलाई लक्षित गरी तथा हालै सम्पन्न नाइमा एक्स्पो र जारी नाडा अटो शोमा बुकिङ भएका ग्राहकलाई वितरण गर्न ल्याइएका गाडी बाढीमा परेका हुन्।

अटो व्यवसायीहरूका अनुसार रसुवा नाकाबाट नेपाल भित्रिने क्रममा रहेका सयौं गाडी चालकसहित बाढीमा परेका छन्। सडकखण्डसमेत बाढीले बगाएपछि गाडीको अवस्था र चालकहरूको अवस्थाबारे यकिन जानकारी आउन सकेको छैन।

बीवाईडीका मात्रै २०० भन्दा बढी गाडी प्रभावित

बाढीबाट नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक सबैभन्दा बढी प्रभावित भएको छ। कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार रसुवा नाकाबाट नेपाल भित्रिने तयारीमा रहेका २०० भन्दा बढी बीवाईडी गाडी बाढीमा प्रभावित भएका छन्।

उनका अनुसार गाडी र चालकहरू अहिले कहाँ र कुन अवस्थामा छन् भन्ने यकिन जानकारी छैन। कम्पनीले चालकहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ।

एमजीका करिब १०० गाडी सम्पर्कविहीन

एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सका पनि करिब १०० गाडी प्रभावित भएका छन्। कम्पनीका महाप्रबन्धक सुनिलबहादुर क्षत्रीले बाढीले कति गाडी बगायो भन्ने यकिन नभए पनि नेपाल भित्रिने तयारीमा करिब १०० गाडी रहेको बताए।

गाडीसहित नेपालतर्फ आइरहेका केही चालकसँगसमेत सम्पर्क हुन नसकेको उनले जानकारी दिए।

त्यस्तै, एमएडब्लू वृद्धिले आयात गरेका डोङफेङ ब्रान्डका १५० भन्दा बढी गाडी बाढीले बगाएको बताइएको छ। लक्ष्मी ग्रुपले चीनबाट ल्याइरहेका बीएआईसी, आर्कफक्स र जेटोरका गरी ४० देखि ५० वटा गाडी बाढीमा परेको अनुमान गरिएको छ।

व्यवसायीहरूका अनुसार ओमोडाका ६५, फोटोनका ६० वटा गाडी पनि बाढीबाट प्रभावित भएका छन्। स्काइवेल, म्याक्सस, अवतार, चेरीलगायत अन्य चिनियाँ ब्रान्डका सवारी साधनसमेत क्षतिग्रस्त भएको बताइएको छ।

रसुवा नाकामै बढ्दो निर्भरता

चीनबाट सवारी साधन आयात गर्ने व्यवसायीहरूका लागि रसुवा नाका प्रमुख प्रवेशद्वारका रूपमा रहँदै आएको छ। तातोपानी नाका पटक–पटक अवरुद्ध हुने र कोरला नाका भौगोलिक रूपमा कठिन तथा काठमाडौंका लागि तुलनात्मक रूपमा टाढा भएकाले व्यवसायीहरूले रसुवा नाकालाई प्राथमिकता दिँदै आएका छन्।

गत असार ३१ गतेदेखि अवरुद्ध तातोपानी नाका भदौ ९ गतेदेखि सञ्चालनमा आए पनि यसको नियमितता र क्षमता अझै चुनौतीपूर्ण रहेको व्यवसायीहरूको भनाइ छ।

४० किलोमिटरभन्दा बढी सडक ध्वस्त

हालैको बाढीले रसुवा भन्सार कार्यालयसहित ४० किलोमिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। सडक तथा अन्य भौतिक पूर्वाधारमा भएको क्षतिका कारण रसुवा नाका तत्कालै सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ।

नाका लामो समय अवरुद्ध भएमा चिनियाँ सवारी साधन आयात गर्ने व्यवसायीले वैकल्पिक रूपमा तातोपानी वा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ। तर दुवै नाकाको क्षमता र पूर्वाधारका कारण ठूलो परिमाणमा सवारी आयात तत्काल व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने व्यवसायीहरूको भनाइ छ।

सरकारसँग क्षतिपूर्तिको माग

बाढीले अर्बौं रुपैयाँ बराबरका सवारी साधनसँगै भन्सार कार्यालय, सडक र अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। नाका पुनः सञ्चालन गर्न लामो समय लाग्ने अवस्था देखिएपछि अटो व्यवसायीहरूले क्षतिको मूल्यांकन, क्षतिपूर्ति तथा नाका र सडकको शीघ्र पुनःस्थापनाका लागि सरकारसँग सहयोग माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनतर्फ ताल फुटेको सूचनापछि रसुवागढी पुगे गाउँपालिका अध्यक्ष

नुवाकोटमा ९० प्रतिशत विद्युत् पुनःस्थापना, शनिबारसम्म धुन्चेमा बत्ती बाल्ने प्राधिकरणको लक्ष्य

सम्बन्धित

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu