ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   २ : २५   बजे

काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले इलेक्ट्रिक एसयूभी लिपमोटर सी१० को २०२६ मोडलको विशेष अफर मूल्य सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य सीमित समयका लागि मात्रै लागू हुनेछ। अफर अवधि सकिएपछि गाडीको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

२०२६ मोडलमा अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधा थप गरिएको छ। यसमा आधिकारिक लिपमोटर एपसँगै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री हुने र रुचाइएको मोडलका रूपमा रहेको सी१० सेल–टु–चेसिस (सीटीसी) प्रविधिमा निर्माण गरिएको छ। यसमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक रियर ह्विल ड्राइभ (आरडब्लुडी) मोटर रहेको छ।

सी१० ले एकपटक फुल चार्ज गर्दा सीएलटीसी मापदण्डअनुसार ५३० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। गाडीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ।

गाडीको इन्टेरियरमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्गमिटरको प्यानोरमिक ग्लास रूफ, एल२ एडीएएस सुरक्षा प्रणाली तथा प्रिमियम लेदरेट सिट उपलब्ध छन्।

ग्राहकको विश्वासप्रति सांग्रिलाको आभार

सांग्रिला मोटर्सले लिपमोटर सी१०प्रति ग्राहक तथा अवलोकनकर्ताले देखाएको विश्वास र सहयोगप्रति आभार व्यक्त गरेको छ। कम्पनीले सी१० लाई ग्राहकको रोजाइमा कायम राख्न निरन्तर सेवा र सुविधामा ध्यान दिने प्रतिबद्धता जनाएको छ।

५० भन्दा बढी देशमा लिपमोटर

लिपमोटर स्टेलान्टिससँगको विश्वव्यापी सहकार्यमा सञ्चालन भइरहेको चिनियाँ न्यू इनर्जी भेहिकल (एनईभी) ब्रान्ड हो। स्टेलान्टिसअन्तर्गत माजेराटी, अल्फा रोमियो र प्युजो लगायतका विश्वप्रसिद्ध १४ ब्रान्ड रहेका छन्।

कम्पनीका अनुसार लिपमोटरले विश्वभर हालसम्म १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएको कम्पनीको दाबी छ।

लिपमोटरको बिक्री तथा सेवा सञ्जाल विश्वका ५० भन्दा बढी देशमा विस्तार भएको छ। कम्पनीका अनुसार विश्वभर १ हजार ७ सयभन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि भारत थप सक्रिय, जयशंकरको नेतृत्वमा समीक्षा बैठक

तिब्बतमा बाढीपछि ५ जनाको मृत्यु, ५५८ बेपत्ता; पहिरोले बनेको ताल फुट्ने जोखिम

सम्बन्धित

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu