ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटमा ९० प्रतिशत विद्युत् पुनःस्थापना, शनिबारसम्म धुन्चेमा बत्ती बाल्ने प्राधिकरणको लक्ष्य


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   २ : ५५   बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा करिब ९० प्रतिशत विद्युत् सेवा पुनःस्थापना गरेको छ। बाढीबाट पूर्णरूपमा विद्युत् सेवा प्रभावित भएको रसुवाको धुन्चेमा भने शनिबारसम्म बत्ती बाल्ने गरी प्राधिकरणले विभिन्न विकल्पमा अध्ययन तथा काम अघि बढाएको छ।

बुधबार आएको विनाशकारी भोटेकोसी बाढीले रसुवा र नुवाकोटसहितका जिल्लामा विद्युत् पूर्वाधार तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि प्रभावित क्षेत्र अँध्यारो भएका थिए। बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, कामदार तथा स्थानीयसमेत सम्पर्कविहीन भएका छन्।

नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण ४३० मेगावाटभन्दा बढी विद्युत् प्रणालीबाट बाहिरिए पनि देशभर मागअनुसार लोड व्यवस्थापन गर्न सफल भएको जानकारी दिनुभयो।

नुवाकोटमा वैकल्पिक व्यवस्थाबाट विद्युत् प्रवाह

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार नुवाकोटमा बिहीबार दिउँसोसम्म करिब ९० प्रतिशत विद्युत् प्रवाह पुनःस्थापना गरिएको छ।

त्रिशूली पारिपट्टि भने विद्युत् आपूर्ति अझै अवरुद्ध रहेको छ। सडक तथा पुल बगेपछि धादिङको सल्यानटारबाट फिड गराएर नुवाकोटमा वैकल्पिक रूपमा विद्युत् प्रवाह सुरु गरिएको ढकालले बताउनुभयो।

‘त्रिशूली पारिपट्टि अहिले बिजुली प्रवाह नहुँदा आइसोलेटेड अवस्थामा छ। बाटो र पुल बगाएपछि धादिङ सल्यानटारबाट फिड गराएर बिहीबारै विद्युत् प्रवाह थालियो,’ उहाँले भन्नुभयो।

धुन्चेमा विद्युत् पुर्‍याउन विभिन्न विकल्प

रसुवामा भने शतप्रतिशत विद्युत् आपूर्ति अवरुद्ध भएको छ। बाढीले विद्युत् पूर्वाधारमा क्षति पुर्‍याएकाले वैकल्पिक माध्यमबाट समेत विद्युत् पुर्‍याउन कठिन भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले ६६ केभी प्रसारण लाइनमार्फत चिलिमेबाट आएको त्रिशूली प्रणाली प्रयोग गर्ने विकल्प अघि सारेको छ। तर बेत्रावती क्षेत्रमा ५–७ वटा टावर बाढीले बगाएकाले सडक खुलेपछि मात्र यो विकल्प तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था छ।

त्यस्तै, साञ्जेन पावर हाउसलाई आइसोलेटेड मोडमा सञ्चालन गरेर हाकु क्षेत्रमा एयरलिफ्टमार्फत पोल तथा आवश्यक सामग्री पुर्‍याई ८–१० वटा पोल जोडेर विद्युत् प्रवाह गर्ने अर्को विकल्पमा पनि प्राधिकरणले काम गरिरहेको छ।

नुवाकोटबाटै रसुवातर्फ एउटा फिडर लैजान सकिने सम्भावनाबारे समेत प्राविधिक टोलीले अध्ययन गरिरहेको प्रवक्ता ढकालले बताउनुभयो।

‘खोला किनार हुँदै एउटा फिडर लैजान सकिने सम्भावना छ। शुक्रबार बिहान पाँच बजे नै प्राविधिकहरूलाई त्यस क्षेत्रमा खटाइसकिएको छ। उनीहरूले स्थलगत मूल्यांकन गरिरहेका छन्,’ उहाँले भन्नुभयो।

यीमध्ये उपयुक्त विकल्पमार्फत शनिबारसम्म रसुवाको धुन्चेमा विद्युत् सेवा पुनःस्थापना गर्ने प्राधिकरणको लक्ष्य छ।

त्रिशूली–३ एमा फसेका कर्मचारीको उद्धारमा कठिनाइ

यसैबीच प्राधिकरणले त्रिशूली करिडोरमा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, कामदार तथा स्थानीयको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ।

कामु प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार त्रिशूली–३ ए जलविद्युत् आयोजनामा ३०–३५ जना कर्मचारी फसेका छन्। उनीहरूको उद्धारका लागि आयोजनाको गुगल म्याप, ड्रइङ तथा आवश्यक विवरण उद्धार टोलीलाई उपलब्ध गराइएको छ।

उद्धारकर्ता पुग्ने स्थान नै बाढीले पूर्णरूपमा परिवर्तन गरिदिएकाले उद्धारमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो।

‘हिजो दुई राउन्ड हेलिकप्टर सेनाले लगेर प्रयास गरेको थियो, तर सम्भव भएन। त्यसपछि प्लान्ट मेनेजरलाई सेनासँगै पठायौँ,’ श्रेष्ठले भन्नुभयो।

एक्सेस टनेलबाट उद्धार गर्ने प्रयास पनि सफल हुन सकेन। त्यसपछि केबल डक्टमा प्वाल पारेर उद्धार गर्ने प्रयास गरिएको थियो। त्यो प्रयाससमेत सफल नभएपछि वैकल्पिक उपाय खोजिएको प्राधिकरणले जनाएको छ।

उद्धारका लागि पर्वतारोही, थप एक्स्काभेटर तथा अन्य आवश्यक उपकरण प्रभावित क्षेत्रमा पठाइएको छ। आयोजनाभित्र अक्सिजन पुर्‍याउन प्वाल पार्ने प्रयाससमेत भइरहेको छ।

‘जलविद्युत् परियोजनामा प्वाल पारेर अक्सिजन छिराउने प्रयास गरिरहेका छौँ। आजदेखि डेडिकेटेड हेलिकप्टर त्यहाँ पठाइसकेका छौँ,’ श्रेष्ठले भन्नुभयो।

प्राधिकरणले सुरक्षा निकायसँग निरन्तर समन्वय गर्दै फसेका कर्मचारीको उद्धारलाई प्राथमिकतामा राखेको जनाएको छ।

 

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिब्बतमा बाढीको जोखिम बढेपछि चीनद्वारा उद्धार कार्य स्थगित

जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न ‘डेडिकेटेड’ हेलिकप्टर उडाइँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

तिब्बतमा बाढीको जोखिम बढेपछि चीनद्वारा उद्धार कार्य स्थगित

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न ‘डेडिकेटेड’ हेलिकप्टर उडाइँदै

एनआरएनएले बाढीपहिरो पीडितका लागि ५ करोडको राहत प्याकेज घोषणा

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu