ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ३ : ३५   बजे

 

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५ औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी नभएपछि अब सबै कांग्रेसजन विगतका विगतका विमति भुलेर एकताबद्ध बन्नुपर्ने बताएका छन्।

रसुवाको बाढीले खडा गरेको विपदमा मानवीय जिम्मेवारी पूरा गर्दै महाधिवेशन पूर्वनिर्धारित तयारीमा जुट्नुपर्ने बताएका छन्।

उनले भने, ‘रसुवाको बाढीले खडा गरेको विपद्ले सिङ्गो देश मर्माहत भएको यो बेला हाम्रो पहिलो र प्रधान कर्तव्य यही जिम्मेवारीमा केन्द्रित रहने हो। अनि दोस्रो दायित्व १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने, सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपश्चात् हामी सहमत, असहमत कोही कसैमा पनि यसबारे अब कुनै अलमल रहनुहुन्न।’

जलवायु परिवर्तनका कारण यो भूगोलमा ४७ वटा हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने गम्भीर जोखिमको स्थितिमा रहेको बताएका छन्।

उनले थपेका छन्, ‘केवल एउटा नमुना मात्रै हो तिब्बती भूमिमा भएको कुनै हिमतालको यो पछिल्लो विस्फोट। तत्पश्चात्को भीषण बाढी अनि त्यसमा परेर हाम्रा कैयौँ आफन्त अनि कैयौँ पर्यटकको मृत्यु, अरबौँको भौतिक क्षति, हामीलाई यसले गम्भीर चोट दिएको छ। नेपाल देशले कार्बन उत्सर्जन कम गर्ने साना राष्ट्रहरूको नेतृत्व गरेर ठूला राष्ट्रहरूसँग गहन संवाद र दबाबको नेतृत्व अब अन्तर्राष्ट्रिय मञ्चहरूमा गर्नैपर्छ।’

उनले विपद्को बेलामा सरकारमा रहेका, नरहेका सबै दल एक भएर जुट्नैपर्ने बताए।

उनले थपेका छन्, ‘यो समयमा सबै जुट्दै गर्दा हामी कांग्रेसजनले पनि विगतका सबै तीता-नमिठा कुरा बिर्सिएर अघि बढ्ने हृदय राख्न सक्नुपर्छ। मान्छेका घरभित्र या राजनीतिक दलहरूभित्र विवादहरू हुन्छन्। तर निश्चित विधिको बाटोबाट त्यो एक हदसम्म टुङ्गोमा पुगेपछि निश्चित विषयमा हामी असहमत छौँ, तर सँगै बढ्न सहमत छौँ भन्ने समयोचित परिपक्वता समयले खोजिरहेकै छ।’

देशमा अनेक विषय र अनेकन् विषमताको बेलामा जिम्मेवार राजनीतिक दल नेपाली कांग्रेसले आन्तरिक विषयमा मात्रै अल्झिएर आफ्नो महत्त्वपूर्ण समय खेर फाल्नु नहुने बताए। उनले दुई खाले मतका बीच विधानको १७ (२) बमोजिम विशेष महाधिवेशन भएको स्मरण गरेका छन्।

उनले सबैलाई समेट्नकै लागि २२ दिन लागि महाधिवेशन कार्यतालिका धकेलिएको उल्लेख गरेका छन्। उनले फेरि तीन महिना अघिको सात बुँदे प्रस्ताव पढेर पार्टी कार्यालयको कोठाबाट सहमतिमा आउन आग्रह गरे।

उनले थपेका छन्, ‘केवल घरायसी विषयमा अलमलिएर बस्ने छुट हामी कोही पनि कांग्रेसजनलाई अब हुनुहुन्न। रसुवाको बाढीले खडा गरेको विपद् झैँ अरू थुप्रै विषयले हाम्रो ऐक्यबद्ध र जिम्मेवारीपूर्ण भूमिका प्रतीक्षा गरिरहेका छन्।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन 

रसुवा बाढीपीडितका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गरिने

सम्बन्धित

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu