ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन 


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि कैलाश–मानसरोवर यात्रामा गएका ६४४ जना यात्रु तथा सम्बन्धित व्यक्तिको नामनामेसीसहितको विवरण प्राप्त भएको छ। सम्पर्कविहीनमध्ये १२७ जना नेपाली नागरिक रहेको बताइएको छ भने सबैभन्दा धेरै १७८ जना भारतीय नागरिक सम्पर्कविहीन छन्।

सम्पर्कविहीन हुनेमा जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडका पूर्वसीईओ अतुल दास र उनकी पत्नी पायल दाससमेत परेका छन्। उनीहरू ऋचा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश–मानसरोवर यात्रामा गएको बताइएको छ।

इपिक टीभीका डिस्ट्रिब्युसन शिवु चाकोका अनुसार उक्त ट्राभल्स कम्पनीमार्फत गएका ६८ जना यात्रु तथा सम्बन्धित व्यक्तिसँग हालसम्म सम्पर्क हुन सकेको छैन।

बालुवाटारस्थित ऋचा टुर्स एण्ड ट्राभल्सका समीर गाइजुका अनुसार सम्पर्कविहीनमध्ये ६१ जना भारतीय नागरिक, सात जना एनआरआई तथा १८ जना ट्रेक्सका कर्मचारी रहेका छन्।

उनीहरू याङ्गिला होटल एण्ड लजमा बसेका थिए। बुधबार बिहान ८ बजेसम्म उनीहरू रसुवाको टिमुरे क्षेत्रबाट सम्पर्कमा रहेको जानकारी प्राप्त भएको थियो। त्यसपछि भने उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

त्यसबेला उनीहरू अध्यागमन कार्यालयमा आवश्यक पास तथा प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको थियो। तर, सोही दिन आएको विनाशकारी बाढीपछि उनीहरूसँगको सम्पर्क टुटेको हो।

बाढीपछि रसुवा क्षेत्रमा सञ्चार सेवा, सडक तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेकाले सम्पर्कविहीन यात्रुहरूको खोजी तथा उद्धार कार्य जटिल बनेको छ। सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनले सम्पर्कविहीन नेपाली तथा विदेशी नागरिकको खोजी कार्यलाई तीव्र बनाइरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीका २२ घाइते ट्रमा सेन्टरबाट डिस्चार्ज, ९ जनाको उपचार जारी

भोटेकोशी बाढी : ५४७ शव फेला

सम्बन्धित

भोटेकोसी बाढीमा फसेका ११८ विदेशी पर्यटकको सकुशल उद्धार

लाङटाङ हाइड्रोका १८ कामदार उद्धारको पर्खाइमा, एक जना गम्भीर घाइते

बाढी प्रभावितको उद्धारमा अधिकतम क्षमता प्रयोग गर्न क्याप्टेन थापाको अपिल

विपद्को बेला हवाई भाडा नबढाउन प्राधिकरणको निर्देशन

रसुवा बाढीको ठूलो असर : ३८४ पर्यटक सम्पर्कविहीन, २९१ विदेशी र ९३ नेपाली

असोज ७  देखि पोखरा–दुबई नियमित उडान, पर्यटन व्यवसायी र युएई राजदूत सक्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu