ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार दिउँसो ३ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै नवलपरासी (पूर्व)मा १३४ जनाको शव भेटिएको छ। चितवनमा १२१ जनाको शव फेला परेको छ।

यस्तै गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी (पश्चिम)मा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म ९७७ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना, भन्सार कार्यालयका १५ जना तथा अध्यागमन कार्यालयका चार जना रहेका छन्।

त्यस्तै रसुवाबाट १६१ जना र नुवाकोटबाट एक जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। मकवानपुरबाट ६६ जना तथा ५१७ जना विदेशी नागरिक पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

नेपाल घुम्न आएका तथा विदेशमा बसोबास गर्ने १२७ जना नेपालीसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बाढीबाट हालसम्म ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३ जना, नुवाकोटका २७ जना र धादिङका तीन जना रहेका छन्।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। नदीका विभिन्न तटीय क्षेत्र तथा तल्लो भूभागमा शव तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि सुरक्षा निकाय र सम्बन्धित टोली परिचालन गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीका २२ घाइते ट्रमा सेन्टरबाट डिस्चार्ज, ९ जनाको उपचार जारी

भोटेकोशी बाढी : ५४७ शव फेला

सम्बन्धित

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu